समाचार

    Showing 9,221-9,230 of 26,652 items.
  • चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

    एजेन्सी— चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ ।रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ । बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,००० वर्ग मिटर क्षेत्रफलमा छ । देशभरि देखा पर्दै गरेका धेरै नवनिर्मित रोबोट र प्रविधि केन्द्रहरू मध्ये सबैभन्दा ठूलो हो।त्यस्तै उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आवद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको निर्माण लगभग पूरा भएको छ।झोङवेई शहरमा नौ डाटा सेन्टर औद्योगिक पार्कहरू स्थापना गरिए

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 455 पटक पढिएको
  • सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ

    सर्लाही— सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्। उनलाई उक्त परिमाणको गाँजासहित इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ५ बजे पक्राउ गरेको हो ।लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको ज

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 453 पटक पढिएको
  • राष्ट्र निर्माणमा शिक्षाको भूमिकाबारे गोष्ठी सम्पन्न

    काठमाडौं— तिलक फिल्म्स संस्थाको नवौं वार्षिकोत्सवको शुभ अवसरमा ‘राष्ट्र निर्माणमा प्राविधिक शिक्षा र कलाकारको भूमिका’ विषयक विचारगोष्ठी, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह–२०८२ राष्ट्रिय नाचघर, जमलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।समारोहमा उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ शिक्षासेवी कुमुद भट्ट विशिष्ट अतिथि तथा दीपक जोशी सभापतिको भूमिकामा रहेका थिए।कार्यक्रमको विशेष आकर्षणको रूपमा राष्ट्रिय शिक्षा सम्मान २०८२ प्रदान गरिएको थियो। सो अवसरमा सुदूरपश्चिम प्रदेश, कञ्चनपुरकी सरस्वती चन्द भट्टलाई शिक्षाक्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको थियो। आयो

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 357 पटक पढिएको
  • सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने

    कटार। सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिनुभएको छ ।  राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिनुभयो । “आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिनुभयो ।” समितिका संयोजक लीलाबहादुर खत्रीले भन्नुभयो,“उहाँको स्वकीयहरुलाई पनि यो सडकको समस्या थाहा रहेछ यहाँका जनता पीडित नै छन् भनेपछि ठेक्का प्रक्रिया अघि बढाउछौँ

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 472 पटक पढिएको
  • गौरादहमा ‘अटो’ दुर्घटना हुँदा मृत्यु

    सुरुङ्ग। सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि  ठक्कर दिएको थियो ।दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ ।सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 331 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

    दमौल। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई  मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई  मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो । ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । उक्त ठाउँमा मतदान केन्द्र थप गर

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 354 पटक पढिएको
  • सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

    झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ ।सलकपुरका करिब ३० घरमा घरवास (होमस्टे) सञ्चालन छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार यहाँका सबै घरवासमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार सो क्षेत्रम

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 345 पटक पढिएको
  • प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन, नयाँ दल दर्ताको समय आज सकिँदै

    काठमाडौं— निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न दिएको समय आइतबार सकिँदै छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि नयाँ दल दर्ता गर्न दिएको समय आइतबार साँझबाट सकिँदै छ ।आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि आयोगले दल दर्ता आह्वान समेत गरिसकेको छ ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दर्ता भइसकेका दललाई निर्वाचन प्रयोजनार्थ पुनः दल दर्ता गर्न भनेको छ ।सुशील

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 467 पटक पढिएको
  • झापामा सवारी दुर्घटनाः पछिल्लो ४ महिनामा १७ जनाको मृत्यु

    झापा— पछिल्लो ४ महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुई पाङ्ग्रे सवारी साधन संलग्न छन् । प्रमुख प्रहरी निरीक

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 169 पटक पढिएको
  • ग्लाइड फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न: उत्कृष्ट स्केटर्स सम्मानित

    काठमाडौं— ग्लाइड सिटी स्केटपार्कको आयोजनामा तथा नेपाल स्केटिङ र स्केटबोर्डिङ एसोसिएसनको सहयोगमा सम्पन्न ग्लाइड फेस्ट २०२५ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। स्केटिङ खेलको प्रवर्द्धन तथा प्रतिभावान युवा स्केटर्सलाई अघि बढाउने उद्देश्यले आयोजित यो प्रतियोगितामा बाल–किशोरदेखि युवासम्मको उत्साहपूर्ण सहभागिता रहेको थियो।प्रतियोगिता जुनियर (१० वर्षसम्म) र सिनियर (१० वर्षभन्दा माथि) गरी दुई विधामा संचालित भयो। उत्कृष्ट प्रदर्शनका आधारमा विजेताहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।जुनियर समूह (१० वर्षसम्म) विजेताः प्रथमः सुवास श्रेष्ठ, द्वितीयः एन्जे शेर्पा, तृतीयः सुवर्ण अधिकारी, सिनियर

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 299 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.