समाचार

    Showing 9,441-9,450 of 26,656 items.
  • उखुको भुक्तानी माग्दै ज्ञापनपत्र

    मलंगवा—  सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।ज्ञापनपत्रमा उल्लेख भए अनुसार धनकौल – २ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो। क्रसिंङ् सिजन २०७०/०७१ देखि २०८१/८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ।यस अघि २०८०

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 494 पटक पढिएको
  • भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ

    सर्लाही— नेपाल–भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चौक नजिकै पिलर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन् ।पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवा र उनको साथमा रहेका युवक सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ।उनीहरूको साथबाट बिना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटी, दुई मोबाइल फोन र तीन देशका सिम कार्ड (भारत

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 618 पटक पढिएको
  • जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछः मन्त्री सिन्हा

    काठमाडौं—  कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरु नियोजित प्रकृतिका भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गरे ।उनले भने, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन् । जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’मन्त्री सिन्हाले चुनौतीपूर्ण अवस्थामाझ पनि हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ भइरहेको बताए । उनले थपे, ‘सुरक्षाकर्मीहर

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 703 पटक पढिएको
  • आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।  

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 512 पटक पढिएको
  • कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

    मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पु¥याएका छन् । बाढीपहिरोले तातोपानी र रसुवागढी नाका  अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ । 

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 390 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 196 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र ब

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 381 पटक पढिएको
  • आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफ

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 324 पटक पढिएको
  • काठमाडौं महानगरले माग्यो २३ अग्नि नियन्त्रक, योग्यता पुगेकाले आवेदन दिन सकिने

     काठमाडौं— काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।महानगरपालिकाले आज सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुरोध गरेको छ।महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।राजस्व तिरेको सक्कल रसिद,नागरिकता, शैक्षिक योग्यता,सम्बन्धित विषयको कार्य अनुभवको प्रमाणपत्र स्क्यानसहित वेबसाइट www.kathmandu. gov.np मा रहेको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 572 पटक पढिएको
  • कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए । कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । ‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 759 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.