काठमाडौं— काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।
महानगरपालिकाले आज सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुरोध गरेको छ।
महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।
महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।
राजस्व तिरेको सक्कल रसिद,नागरिकता, शैक्षिक योग्यता,सम्बन्धित विषयको कार्य अनुभवको प्रमाणपत्र स्क्यानसहित वेबसाइट www.kathmandu. gov.np मा रहेको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।







































