समाचार

    Showing 9,471-9,480 of 26,656 items.
  • विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

    काठमाडौं— भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ ।पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र श

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 585 पटक पढिएको
  • अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

    काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना मार्फत जानकारी दिएको हो । नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, जिल्ला प्रहरी

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 642 पटक पढिएको
  • जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ । 

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 585 पटक पढिएको
  • राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

    काठमाडौं— नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 692 पटक पढिएको
  • आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस

    काठमाडौं— संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 575 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज अपराह्न स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। साथै, सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।सम्मेलनमा विश्वभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्रीहरू, विज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 569 पटक पढिएको
  • आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 618 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन

    काठमाडौं— कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्यहाँस्थित कÞतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेललाई संग्राहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराएका हुन् । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका छन् ।  कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पु

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 371 पटक पढिएको
  • एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको विदाइ

    काठमाडौं— नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई विदाइ गरेका छन् ।विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सिप बंगलादेशको ढाकामा हुदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सिपमा नेपालको प्रतिनिधित्व

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 325 पटक पढिएको
  • सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

    पर्वत। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ ।प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो ।पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ ।निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरे

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 424 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.