समाचार

    Showing 9,571-9,580 of 26,656 items.
  • नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार

    काठमाडौं— दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो। गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो। सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 507 पटक पढिएको
  • एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

    काठमाडौं— एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा शाक्यलाई नियुक्ती गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत शेयरधनीहरुलाई जानकारी दिएको छ । शाक्यसँग भएको सम्झौता अनुसार आगामी ३० दिनभित्र उनले काम सुरु गर्ने बताइएको छ । रोशन कुमार न्यौपानले राजिनामा दिएसँगै बैंकले सन्तोष कुमार राठीलाई निमित्त सिइओ जिम्मेवारी दिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 242 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे ।त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेनजी आन्दोलनका क्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 496 पटक पढिएको
  • चीनमा एयर शोः एरोबेटिक टोलीहरूले देखाए अद्भुत कला

    एजेन्सी— पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ । जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए।सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको ‘वारियर्स’ एरोबेटिक टोली र कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना, लिमिटेडका सी ९१९ र सी ९०९ हरु सहभागी थिए । सो क्रममा पाइलटहरूले एकअर्कासँग मात्र नभई दर्शकहरूसँग पनि अन्तरक्रिया गरेका थिए ।सो क्रममा एरोबेटिक टोलीहरूका अतिरिक्त, ६० भन्दा बढी उड्डयन कम्पनीहरू र अनुसन्धान संस्थानहरूले प्रदर्शनी र व्यापार वार्तामा भाग लिए

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 1,894 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ

    विराटनगर— कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका–९ का बल बहादुर बिक लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका–८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० क

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 626 पटक पढिएको
  • बुवाको हत्यामा संलग्न छोरा पक्राउ

    विराटनगर— पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुबाको शरीरमा प्रहार गर्दा घटनास्थलमै युबराज राईको मृत्यु भएको थियो ।घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ ।मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने हत्यामा संलग्न

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 496 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

    काठमाडौं— अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो ।प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 526 पटक पढिएको
  • पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता

    रामेछाप—  सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गरेका छन् ।उनले उक्त गाडी अबदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी कार्यालयका नियमित काम र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भएकाले आफूले सो सुविधा त्यागेको उनले बताएका छन् । गाउँपालिकाका प्रमुम प्रशासकीय अधिकृतलाई सम्बोधन गरी उनले लेखेको पत्रमा भनिएको छ ।‘गाउँपालिकाको नाममा दर्ता रहेको बा २ झ ३६८० नम्वरको सरकारी डबल क्याप स्कार्पियो गाडी कार्या

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 573 पटक पढिएको
  • एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर)लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।श्रेष्ठले डा.बद्री केसीले 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 513 पटक पढिएको
  • सोमबार सुनको मूल्य स्थिर

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 514 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.