एजेन्सी— पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ । जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए।
सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको ‘वारियर्स’ एरोबेटिक टोली र कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना, लिमिटेडका सी ९१९ र सी ९०९ हरु सहभागी थिए । सो क्रममा पाइलटहरूले एकअर्कासँग मात्र नभई दर्शकहरूसँग पनि अन्तरक्रिया गरेका थिए ।
सो क्रममा एरोबेटिक टोलीहरूका अतिरिक्त, ६० भन्दा बढी उड्डयन कम्पनीहरू र अनुसन्धान संस्थानहरूले प्रदर्शनी र व्यापार वार्तामा भाग लिएका थिए । नानचाङमा अहिले ६० उड्डयन निर्माताहरू छन्।






































