समाचार

    Showing 9,601-9,610 of 26,657 items.
  • भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

    काठमाडौं— भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो । जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन । भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन् । तिनैको कारण दक्षिण अफ्रिकाको मध्यक्रम एकपछि अर्को गर्दै ढलेको थियो ।यो

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 500 पटक पढिएको
  • कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार हुँदै

    काठमाडौं— कर्णाली याक्स स्पोट्र्स प्रा.लीले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो । ट्यालेन्ट हन्ट आज बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा हुन लागेको हो । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएको बताए । ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नु भएको

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 554 पटक पढिएको
  • आज राष्ट्रपति पौडेल कतार जाँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । कत

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 470 पटक पढिएको
  • स्रोत नखुलेको २८ लाख रकमसहित दुई भारतीय पक्राउ

    कैलाली— स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 562 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया  रही बाँकी प्रदेशमा आंशिक बदली छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 472 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १६ पैसा र बिक

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 425 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १७ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)फजुल खर्च बढ्ने समय छ, होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बोमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्ने

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 604 पटक पढिएको
  • सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश

    काठमाण्डौ  ।  सर्वोच्च अदालतले ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार आदेश दिएका हुन्। सरकारले कात्तिक २० भित्र राजदूत फिर्ता गर्न निर्देशन दिएको थियो, तर सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले त्यसविरुद्ध रिट दायर गरेका थिए। अदालतले निवेदकको मागअनुसार निर्णय कार्यन्वयनमा रोक लगाउने आदेश दिएको हो।आदेश :

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 395 पटक पढिएको
  • फरार वडाअध्यक्ष थापा पक्राउ

    सुनसरि  ।  सवारी अंङ्गभङ्ग मुद्दामा फरार रहेका इनरुवा नगरपालिका वडा नं.६ का वडाअध्यक्ष सुमन थापा पक्राउ परेका छन्।गत २०८१ फाल्गुण २२ गते रामधुनी नगरपालिका ३ स्थित बगैंचा टोलमा उनले चलाएको बा २१ च ६८८८ नम्बरको गाडीले देविका खनाललाई ठक्कर दिएको थियो । सो पश्चात् उनी विरुद्ध किटानी जाहेरी दिएको भएपनि प्रहरीले सो दर्ता गर्न इन्कार गरेको थियो । उच्च अदालत मार्फत परमादेशको आदेशको लागि मुद्दा गरेपछि मात्रै सो जाहेरी दर्ता भएपछि  फरार रहेका थापा लामो समयसम्म लुकेर बसेका थिए । पक्राउ परका थापालाई म्याद थपका लागि सुनसरी जिल्ला अदालत लगिने छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 489 पटक पढिएको
  • अदालतमा जागिर खुल्यो भन्दै अनलाइन ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर— अदालतमा जागिर खुल्यो भन्दै अनलाइनमार्फत ठगी गर्दै आएकी आमा–छोरी विराटनगरबाट पक्राउ परेका छन्। उनीहरूले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा भर्ना खुलेको झूटो सूचना सार्वजनिक गर्दै दर्ता शुल्कका नाममा रकम असुलेका थिए।पक्राउ पर्नेहरूमा सिरहाको लहान घर भई हाल मोरङको विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आएकी ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साह रहेका छन्।प्रहरीका अनुसार, उनीहरूले नक्कली फेसबुक पेजमार्फत ‘ई–सेवा’ प्रयोग गरी भर्ना शुल्कका नाममा रकम माग्ने तथा सामान किनमेलका क्रममा आधा रकम तिरेर बाँकी रकम सटही नहुने चेकद्वारा ठगी गर्ने कार्य

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 647 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.