समाचार

    Showing 9,771-9,780 of 26,662 items.
  • सोल्टी होटलको सञ्चालकको जिम्मा वायु सेवा निगमका दाहाललाई

    काठमाडौं— सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक ११ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको छ । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको कार्यकाल समाप्त भएका कारण सञ्चालकमा दाहाललाई नियुक्त गरिएको होटलले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 664 पटक पढिएको
  • रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न महाधिवेशन आवश्यक छः नेता पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् । मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्य

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 622 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    काठमाडौं— नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । महासंघका अनुसार तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ । यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 605 पटक पढिएको
  • मुस्ताङमा भारी हिमपात

    मुस्ताङ। आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भन्नुभयो । मङ्गलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कार

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 428 पटक पढिएको
  • श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं— श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 593 पटक पढिएको
  • दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    झापा । दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 373 पटक पढिएको
  • नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

    काठमाडौँ, १२ कात्तिकः प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको छ ।उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रह

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 306 पटक पढिएको
  • दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङ, १२ कात्तिक: कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि  १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।  कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 326 पटक पढिएको
  • यस्तो छ व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ पर्नुको कारण

    काठमाडौं—  नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो ।सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 535 पटक पढिएको
  • दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.