समाज

    Showing 9,991-10,000 of 11,086 items.
  • चन्द्रागिरमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको सकुशल उद्धार

    काठमाडौं / काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त भएपछि खोजीमा निस्किएको प्रहरीले उनीहरुलार्ई राति एक बजे चन्द्रगिरी जंगलमा सकुशल फेला पारेको हो ।उद्धार गरिएकाहरुमा चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, १५ वर्षे सौभाग्य गुरुङ, १३ वर्षे सहज गुरुङ, ११ वर्षे जेनिसा गुरुङ, र ७ वर्षे एरविन गुरुङ रहेका छन् । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको कमाण्डमा बिपद् ब्यबस्थापन गुल्मको टोली समेत गरी ३७ जनाको प्रहरी टोली खटेको जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 172 पटक पढिएको
  • हिउँमा फसेका ५५ जनालाई हेलिकोप्टरबाट खानेकुरा खसालिँदै

    कर्णाली / कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ ।कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरूको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पठाउन थालेको जानकारी दिए । हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन, मुख्यमन्त्री शाहीले भने, भोकबाट बचाउन तत्काल उनीहरूका लागि खानेकुरा खसाल्ने तयारी छ ।कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयक

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 223 पटक पढिएको
  • तानसेन बजारमा पुरुष मृत फेला

    पाल्पा  / पाल्पाको सदरमुकाम तानसेन बजारमा एक पुरुष मृत फेला परेका छन् । तानसेन–४ शिलखानटोल स्थित सडकको भित्तामा शनिवार ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका हुन् । सानै उमेरदेखि सडक मजदूरी गरेर जिविका चलाउँदै आएका गिरी तानसेन नगरपालिका–४ स्थित डेरामा बस्ने गरेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जनाएका छन् ।  गिरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा केहि दिनयता वर्षासहित हिमपात भएपछि निकै चिसो बढेको छ ।

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 122 पटक पढिएको
  • आइतबार देखि मौसम सुधार हुने

    काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ ।महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामा

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 262 पटक पढिएको
  • मौसम खराबीका कारण हवाई उडान प्रभावित

    काठमाडौं / मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ । शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्द भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 145 पटक पढिएको
  • रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

    रूकुम  / रूकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। हिमपातका कारण चिसो निकै बढेको छ। चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ। यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ। यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरूङले बताए। मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 167 पटक पढिएको
  • जनप्रतिनिधिको तलबवापत पाएको २० लाख सामाजिक क्षेत्रमा

    म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन्।विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चिएका हुन्।सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहेका अध्यक्ष पुनले बताए। ‘पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैं आत्मनिर्भर छन्’, उनले भने, ‘जनतासँग गरेक

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 181 पटक पढिएको
  • चट्याङ लागेर सल्यानमा महिलाको मृत्यु

    सुर्खेत / चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो।घटनास्थलमा प्रहरी पुगेको छ। चट्याङ लागेर भएको थप क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ । सल्यानमा बिहीबारदेखि चट्याङ र वर्षा भएको थियो।कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएका छन्।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 134 पटक पढिएको
  • पाँचथरमा लेक लागेर युवकको मृत्यु

    झापा / पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका –५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ –५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँच

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.