समाज

    Showing 10,011-10,020 of 11,087 items.
  • काभ्रे प्रशासनमा अत्यावश्यकबाहेक सेवा माघ २१ सम्म बन्द

    बनेपा / कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ। प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ।यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो। यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ।पालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मङ्गलबार समय तोकिएको छ भने वडा नम्ब

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 129 पटक पढिएको
  • विदेश जान हिनेका युवा सात दिनदेखि बेपत्ता

    इलाम / इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका छन्  । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए । क्रोएसियाका लागि भारतको पहाडगन्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए । विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत गएका उनी भारतबाट नै सम्पर्कविहीन भएको बताइए

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 123 पटक पढिएको
  • आजको मौसम हल्का वर्षाको सम्भावना

    काठमाडौं / हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्युन

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 188 पटक पढिएको
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    धनकुटा / धनकुटाबाट श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका –४ छारागाउँका ५५ वर्षीय सिताराम श्रेष्ठ रहेका छन् । गत पौष १६ गते धनकुटा –४ की ५५ वर्षीया सिता श्रेष्ठ बेपत्ता भएको हुलिया निवेदन परेसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसँगै सूक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाडौँबाट माघ ९ गते पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई प्रहरीले सोधपुछ गर्दा आफैले श्रीमतीको हत्या गरी घर भित्र गाडेको बयान दिएका थिए । उनको बयान पश

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 206 पटक पढिएको
  • पाँच वर्षीय छोरासहित महिला बेपत्ता

    कन्चनपुर / गत पुस ९ गते छोरासहित घरबाट निस्किएकी कन्चनपुर वेदकोट नगरपालिका –९ स्थायी ठेगाना भएकी संगीता धामी (हनु राई) अझै परिवारको सम्पर्कमा आएकी छैनन् । २६ वर्षीया उनको साथमा पाँच वर्षीय छोरा हिमांशु पनि रहेको श्रीमान प्रदिप धामीले जानकारी दिए ।सम्पर्कविहीन भएकी महिलासँग  स्थानीय एक २५ वर्षीय युवक पनि बेपत्ता भएको हुँदा उनिहरुसँगै बसेको हुनसक्ने आशंका रहेको श्रीमान प्रदिप धामीको भनाइ छ । रोजगारीको क्रममा एक वर्षदेखि भारतमा रहेका प्रदिप श्रीमती सम्पर्क विहीन भएको खबर पाएपछि नेपाल आएको बताउँछन् । प्रदिप धामीले भने, –‘श्रीमती छोरासहित बेपत्ता भएको खबर पाएपछि नेपाल आएको थिए ।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 224 पटक पढिएको
  • देशभरको मौसम आंशिक देखि सामान्य बदली

    बिर्तामोड / आज देशका पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया बदली रहने छ ।। त्यस्तै तराईका भूभागमा पनि सामान्यतया आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको समयमा देशका तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने छ ।तर अपरान्ह पछि भने क्रमिक रुपमा मौसम सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 151 पटक पढिएको
  • ढिस्को खसेर पुरिँदा दुईको मृत्यु, तीन घाइते

    बुटवल  / बुटवल उपमहानगरपालिका –११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरू पुरिएर घाइते भएका थिए।घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।पन्थीका अनुसार २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 203 पटक पढिएको
  • आगो ताप्दा जलेर वृद्धाको मृत्यु

    सर्लाही / सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका –११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरले बताए ।अहिले मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो बढेको छ । पछिल्लो एक साता यताको शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जाडो छल्न सर्वसाधारणले आगो बालेर ताप्दै आएका छन्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 123 पटक पढिएको
  • मौसम : ३ दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात

    बिर्तामोड /आजदेखि मौसममा केही खराबी आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू(भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ । त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू९भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 225 पटक पढिएको
  • वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, रोनाल्डो र गोविन्दे !

    चितवन / समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्।यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्।उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।गत एक महिनायता गोविन्दे र ध्रुवेले एक/एक जना

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.