समाज

    Showing 10,081-10,090 of 11,087 items.
  • ताप्लेजुङमा रुखबाट लडेर एकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका –२ ओलकमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय भीम बहादुर पौडेल रहेका छन् । बिहीबार बेलुका ४ बजे घर नजिकै रहेको कुटमिरोको रुखमा चढी घाँस झार्ने क्रममा लडेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी थेचम्बुले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 137 पटक पढिएको
  • दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

    वीरगञ्ज / वैदेशिक रोजगारीका लागि दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् ।बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फर्काइएको छ । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका थिए ।एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए । दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरूले आफ्नो समस्याबा

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 255 पटक पढिएको
  • प्रदेश १ अपडेट : बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० घाईते र १३ बेपत्ता

    बिर्तामोड / केही दिन देखि लगातार परेको वर्षाका कारण आएको बाढीपहिरोबाट प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोमा परि २० जना घाइते र १३ जना बेपत्ता भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् । यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपाल

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 240 पटक पढिएको
  • पहिरोबाट मृत्यु भएकाको सामूहिक दाहसंस्कार

    हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका –५ स्थित खर्पेलगाउँका पहिरोमा पुरिएर मृत्यु भएका दुई परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । आइतबार देखि लगातार परेको वर्षाका कारण गत मङ्लबार पहिरोमा घर पुरिएपछि एउटै घरमा बस्ने दुई परिवारका ६ जनाको मृत्यु भएको थियो ।  पुरिएका शबहरु निकालेर प्रहरी मुचुल्कापछि गाउँबासी मिलेर कर्णाली नदीको तिरमा सामूहिक दाहसंस्कार गरिएको हो । मृत्यु हुनेमा धनबीर शाहीसहित ५५ वर्षीय कलबहादुर शाही, ४० वर्षीया आशा शाही, पाँच वर्षीय बालक हुमेश शाही, तीन वर्षे बालक जसबहादुर शाही र अर्को परिवारका १३ वर्षीय अलिन्द्र शाही रहका छन् । 

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 214 पटक पढिएको
  • हात्ती आतङ्क : मृतकका परिवारलाई दश लाख दिइने

    कञ्चनपुर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने भएको छ । शुक्लाफाँटा नगरपालिका –१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई निकुञ्जले राहत स्वरुप १० लाखका दरले रकम उपलब्ध गराउने भएको हो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिए । “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउँछौँ ।” उनले भने, –“मृ

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 189 पटक पढिएको
  • बाढी पहिरोमा परी इलाममा १३ को मृत्यु

    इलाम / इलाममा आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकथोक थुङ गाउँपालिका –१ की ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर –३ का ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवाल रहेका छन् । सुर्यदय नगरपालिका –३  नेलबोटेका ४९ वर्षीय नारायाणदेवी मोते, ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । देउमाई नगरपालिका –२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठले जानका

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 469 पटक पढिएको
  • प्रदेश १ मा बाढी–पहिरोमा परी २४ को मृत्यु, आठ बेपत्ता

    बिर्तामोड / आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा २४ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा इलाममा ९, धनकुटामा ६, पाँचथरमा ५, सुनसरीमा २ र उदयपुरमा १ जना रहेका छन् । मृत्यु हुने मध्ये ६ पुरुष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । प्रवक्ता राईका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जना र मोरङबाट करिब पाँच सय भन्दा बढीको उद

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 374 पटक पढिएको
  • धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

    धरान / सुनसरीको धरानमा पहिरोले घर पुरिँदा दुई जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका –१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् । आज (मंलबार) दिउसो पौने २ बजे माथिबाट झरेको पहिरोले घर पुरिँदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अवस्थामा फेला पारेको हो । 

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 256 पटक पढिएको
  • सिन्धुलीमा तीन बालिकामाथि सामूहिक बलात्कार

    सिन्धुली / सिन्धुलीमा तीन किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका –५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरूको आफन्त पर्ने एक जना गरी तीन किशोरीमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका छन् ।गत शनिबार राति ९ जना युवाहरूले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना किशाेरीको पहिलेदेखि नै चिनजान भएकाे र चिनजानक

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 188 पटक पढिएको
  • महोत्तरीमा बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

    जलेश्वर / महोत्तरीमा महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय पुरनीदेवी महतो, प्रमिलादेवी महतो र उनका दुई छोरा सिकिन्दर र अनिल रहेका छन् । गत बुधबार बिहान जलेश्वर नगरपालिका –४ स्थित सुगा गाउँकी शम्भु महतोकी श्रीमती सुकमरिया देवी टोलमा घुमिरहेका बेला पुरनीदेवीको घर अगाडि पुग्दा उनकी छोरी १३ वर्षीया काजल रुन थालेपछि चारै जनाले उनलाई बोक्सी भन्दै मलमूत्र खुवाएका थिए । उनीहरूले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिँदै मानव मलमूत्र

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.