विराटनगर / मोरङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागारभित्र गरिएको खानतलासीको विरोध गर्दै प्रदर्शन गरेका छन्।खानतलासीका क्रममा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाउँदै केही कैदीबन्दी कारागारको छतमा चढेर विरोधमा उत्रिएका हुन्। आज बिहान प्रमुख जिल्ला अधिकारी युवराज कटेलको नेतृत्वमा गएको सुरक्षा टोलीले कारागारको सुरक्षा व्यवस्थालाई थप कडा बनाउने उद्देश्यले खानतलासी गर्नुका साथै केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। यसको विरोधमा कैदीबन्दीहरूले कारागारको ‘बी’ ब्लकमा अवरोध सिर्जना गर्दै प्रदर्शन गरेका हुन्।घटनापछि कारागार क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइए
काठमाडौं / नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।उनका अनुसार नेपालबाट बाहिर लैजान पाइने विदेशी मुद्राको निर्धारित सीमाभन्दा बढी रकम साथमा रहेको
काठमाडौं / वैदेशिक रोजगार व्यवसायीले घोषणा गरेको आन्दोलन अन्त्य भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको वार्तापछि व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको हो।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार मन्त्रालयले व्यवसायीका मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि भोलिदेखि सबै म्यानपावर कम्पनी नियमित रूपमा सञ्चालन हुनेछन्। संघले सेवा शुल्क निर्धारण, वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्ने लगायत १५ बुँदे माग अघि सारेको थियो। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले कार्यालय बन्द गरी वै
काठमाडौं / गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मान गरिएको छ।थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड मैत्री महोत्सव’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट एसिया नेपाल नगर प्रमुख पुरस्कार’ प्रदान गरिएको हो।शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याएको, व्यावसायिक उत्कृष्टता कायम गरेको तथा समर्पित सेवामार्फत समुदायमा
धनगढी / सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो । नेकपामा रहेका साविकका तीन वटै घटकलाई एक एक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षीको व्यवस्थापनमा समस्या भएपछि सरकारको पुर्णता दिने कार्य पछि धकेलिएको हो ।मन्त्री चयनमा असमmदारी बढ्दा सरकारलाई जोखिम बढ्न सक्ने आकलन गर्दै मुख्यमन्त
काठमाडौं / थारु समुदायले आज गुरिया पर्व मनाउँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरिया पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँने गर्दछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।
काठमाडौं / नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो । म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।संघले यसअघि आन्दोलनका चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा १३, लेन क्रसमा ३२, अवस्था ठिक नभएको १४, एकतर्फीमा १४ र अन्यमा ४७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ । संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले कार्यान्वयन नगर्दासम्म ढुक्क हुननसक्ने अवस्था रहेको धारणा राखे । अध्यक्ष नविनले उच्चस्तरीय शक्तिशाली छानविन समिति मार्फत लुघुवित्त तथा सम्पूर्ण वित्तीय पीडितहरुलाई न्याय दिन सरकारसँग जोडदार माग गरेका छन् । नविनले नेपालका राजनीतिक
काठमाडौं / स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको छ । आइतबार राजधानीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेकोेसमेत आरोप लगाएको छ । मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए । निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको घेसपैठ गराई फर्जी मतदान ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.