समाज

    Showing 1,451-1,460 of 11,017 items.
  • अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

    काठमाडौं— बाँकेको कोहलपुर नगरपालिकाले बढ्दो गर्मी र तातो हावाको प्रभावलाई ध्यानमा राख्दै नगरभित्रका सबै विद्यालयमा तीन दिनका लागि बिदा घोषणा गरेको छ।नगरपालिकाका अनुसार उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जेठ २५ गतेदेखि २७ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगित गरिएको हो।पछिल्ला दिनहरूमा बाँकेसहित तराईका विभिन्न जिल्लामा तापक्रम उल्लेखनीय रूपमा बढ्दै गएको छ। यस अवस्थाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 459 पटक पढिएको
  • हराएका बालक पोखरीमा मृत अवस्थामा फेला

    महोत्तरी— महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट शुक्रबारदेखि बेपत्ता भएका तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।स्थानीय रोहीत यादवका छोरा मनिकेश यादव घर नजिकै खेलिरहेका बेला हराएका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बालकको शव आइतबार गाउँकै पोखरीमा बोराभित्र राखिएको अवस्थामा भेटिएको हो।शव शंकास्पद अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।यसैबीच, जलेश्वर नगरपालिका क्षेत्रबाट हराएका दुई अन्य बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 431 पटक पढिएको
  • प्रदेश स्वायत्तताको माग गर्दै जनमत पार्टीको प्रदर्शन

    काठमाडौं— जनमत पार्टीले प्रदेशलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने लगायत विभिन्न माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई थप अधिकार दिन, जनसंख्याको आधारमा बजेट विनियोजन गर्न, रोजगारी सिर्जना गर्न तथा मधेस र सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउतले सरकारलाई आफ्नै प्रतिबद्धता सम्झाउन सांकेतिक प्रदर्शन गरिएको बताए। माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत पार्टीले दिएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 420 पटक पढिएको
  • वैदेशिक रोजगार व्यवसायी संघमा खत्रीको नेतृत्व, अधिकांश पदमा संयुक्त प्यानलको कब्जा

    काठमाडौं— नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन्। एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा निकट गणतान्त्रिक मञ्च तथा कांग्रेस निकट केही व्यवसायीहरूको समर्थन रहेको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका खत्रीले उल्लेख्य मतान्तरसहित जित हासिल गरेका हुन्।निर्वाचनको अन्तिम नतिजाअनुसार खत्रीले ३४७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत तथा स्वतन्त्र व्यवसायी समूहका हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरे।निर्वाचन परिणामले संयुक्त प्यानलको बलियो उपस्थिति देखाएको छ। प्रथम उपाध्यक

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 429 पटक पढिएको
  • पाकिस्तानी सैन्य आक्रमणमा २७ आतंककारीको मृत्यु

     काठमाडौं— पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए ।त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतङ्ककारी मारिएका हुन् ।मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको जनाइएको छ ।ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको बताइएको छ ।सेनाले मिरान शाहमा

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 493 पटक पढिएको
  • मोतीविन्दुको निःशुल्क शल्यक्रिया, ८५ जनाले पाए नयाँ दृष्टि

    गोरखा— गोरखाको आरुघाट गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् ।आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।दुईदिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरुको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उनले बताए । हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 421 पटक पढिएको
  • दुई जलविद्युत् कम्पनीले हकप्रद सेयर बिक्री गर्ने, सेबोनमा दिए आवेदन

    काठमाडौं— दुई जलविद्युत् कम्पनीले हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन्।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजी बराबर अर्थात् १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ।त्यसैगरी, अरुण काबेली पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न सेबोनमा आवेदन दिएको छ।धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछन्।जलविद्युत् क्षेत्रका कम्पनीहरूले परियोजना विस्तार, ऋण व्यवस्थापन तथा वित्तीय संरचना सुदृढीकरणक

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 443 पटक पढिएको
  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौं—  प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँसहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । गोसाईकुण्ड गाउँपालिका—६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सयसहित सोही गाउँपालिका—३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई श

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 419 पटक पढिएको
  • हरित सडक अभियान, सडक किनार बन्यो बगैँचा

    रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीमा वडा कार्यालय र स्थानीयवासीको सहकार्यमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएको छ ।फूल तथा फलफूलका बिरुवा रोपेर सजाइएको सडकले अहिले आकर्षक स्वरूप लिएको छ भने यसले स्थानीय स्तरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट चिसापानी जाने सडकअन्तर्गत गाई खुरादेखि चिसापानीसम्म सडक किनारमा विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपिएका छन् । ‘हरित सडक’ निर्माण गर्ने लक्ष्यका साथ मन्थली नगरपालिका–८ वडा कार्यालयले यो अभियान सञ्चालन गरेको हो ।वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार आफूहरू निर्वाचित भएपछि २०८० सालदेखि

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 219 पटक पढिएको
  • एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै

    काठमाडौं— एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ ।नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा खेलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्यको नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए ।ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.