समाज

    Showing 1,451-1,460 of 6,600 items.
  • हेटौंडा बजारमा सडक विस्तारको १५ दिने सूचना, १६ मिटर–बाइपास योजना भने अनिश्चित

    हेटौंडा— सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेटौंडामा सडक विस्तारको मुद्दा पुनः चर्किएको छ। डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५–२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः प्रभावित भएका छन्।यसअघि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले हेटौंडा सडकलाई १६–१६ मिटरमा सीमित गर्ने तथा मुख्य राजमार्गलाई बाइपासमार्गतर्फ सार्ने प्रस्ताव सार्वजनिक गर्दै सरकारले बजारभित्र राजमार्गको भार कम गर्ने संकेत दिएका थिए। बस्नेतले सञ्चारकर्मीहरूसँग गरेको संवादमा १६ मिटरको सहरमुखी सडक निर्माण, फुटपाथ र ग्रिनबेल्टसहितको योजनालाई मन्त्रालयस्तर

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 368 पटक पढिएको
  • बाजुराको बडीमालिका नगरपालिकाले ‘नगर स्थापना’ दिवस विविध कार्यक्रम गरी मनाउने

    बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाले नगर स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवसका अवसरमा नगरपालिकाले स्थानीय संस्कृति झल्किने कार्यक्रमको आयोजना गर्ने भएको हो।नगरपालिकाले आफ्नो ११ औं ‘नगर स्थापना’ दिवसका अवसरमा बाजुराको कला, संस्कृति झल्किने विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक बर्ष भव्य रुपमा स्थापना दिवस मनाउँदै आएकोमा यो बर्ष पनि भव्य रुपमा स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ ।सुदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक, संस्कृति झल्किने लगायतका कार्यक्रम गर्न लागिएको नगर प्रवक्ता तथा बडीमालिका नगरपालिका ७

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 372 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक सोमबारका लागि सर्यो

    काठमाडौं— आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ । आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ । 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 412 पटक पढिएको
  • जयवागेश्वरी क्षेत्रमा नवदुर्गा भवानीको जात्रा

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले वर्षमा एकपटक आउने नवदुर्गा भवानीको जात्रालाई सक्दो सहज र भव्य बनाउने पहल गरिरहेको बताएका छन् । शनिबार वडामा भएको जात्राको क्रममा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले जात्रालाई सहयोग र समर्थन गरिरहेको भन्दै यसको पूरै जिम्मेवारी भने जयवागेश्वरी युवा क्लबले गरिरहेको बताए । उनले भने, ‘भक्तपुरबाट जयवागेश्वरी पशुपति क्षेत्रमा ल्याउने यो नवदुर्गा भवानीको जात्रा वर्षमा एकपटक मात्र यहाँ आउने गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले यसलाई सहयोग र समर्थन गरिरहेको अवस्था छ । त्यसैगरि यसको प

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 119 पटक पढिएको
  • दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

    जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात ह

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 125 पटक पढिएको
  • गोलबजारको एक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम

    सिरहा । विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् । विद्यालयभित्र कुनैपनि कार्यक्रम गर्नुअघि सम्बन्धित निकायको अनुमति लिनुपर्ने कानुनी व्यवस्था हुँदापनि सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ मा रहेको श्री माध्यमिक विद्यालय बल्कावाका व्यवस्थापन समितिका अध्यक्ष तथा हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउदिन खान र बिद्यालय प्रशासनले कानुनी व्यवस्थालाई वेवास्ता गर्दै कक्षा संचालनकै समयमा बिद्यालय परिसर प्रयोग भएको स्थानीयको भनाइ छ । विद्यार्थीको पठन–पाठन प्रभावित पार्दै विद्यालय परिसर निजी प्रयोजनमा दुरुपयो

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 114 पटक पढिएको
  • वैवाहिक समानता दिवस मनाउँदै यौनिक अल्पसंख्यकहरुले भने : अब राजनीति लडाइँ लड्छौं

    काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले शनिवार वैवाहिक समानता दिवस मनाएका छन् । सर्वोच्च अदालतको आदेशपछि २०८० मङ्सिर १३ गते लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले दक्षिण एसियामै पहिलोपटक इन्द्रेणी अर्थात समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल भएको दिनको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै वैवाहिक समानता दिवस मनाएका हुन् । शनिबार काठमाडौंमा मङ्सिर १३ को सम्झना र सम्मान स्वरूप विशेष कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले कानुन अनुसार हालसम्म नेपालमा २२, २३ जोडीले

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 122 पटक पढिएको
  • फुटसल उद्घाटनमा अध्यक्ष ढकालले भने : यो प्रतिस्पर्धा होइन मित्रता र सहकार्य हो

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारहरु बीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।  बालुवाटारस्थित ढुकु पÞmुटसल मैदानमा आयोजना गरिएको सो खेल महासंघको टोलीले कलाकारको टोलीलाई चार गोलका विरुद्ध सात गोल गरेको थियो । खेलको उद्घाटन महासंघका अध्यक्ष चन्द्र ढकालले रिबन काटेर गरेलगतै महासंघ कार्यसमिति पधाधिकारी र कलाकारबिच १० मिनेटको मैत्रीपूर्ण खेलपश्चात प्रतियोगिता शुरु भएको थियो । खेलको पहिलो सत्रमा महासंघले कलाकार टोलीलाई ३–० अन्तरको दबाबमा राखेपनि दोस्रो सत्रमा कलाकारका तर्फबाट ३–३ को बराबरीपछि खेल रोम

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 121 पटक पढिएको
  • एनपीएल : दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन् ।जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर आजको लागि कप्तानी वायन पार्नेललाई दिइएको छ । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 107 पटक पढिएको
  • एमाले बाजुराबाट पार्टीको ११ औं महाधिवेशनका लागी १६ जना प्रतिनिधी सर्वसम्मत

    बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् ।खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । महिला तर्फ ४ जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलित तर्फको ४ ज

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 90 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा