समाज

    Showing 1,461-1,470 of 11,017 items.
  • रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।आज (सोमबार) बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।आजको बौठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न हुने महामन्त्री बुर्लाकोटीले बताए ।बैठकमा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 423 पटक पढिएको
  • यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपै

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 406 पटक पढिएको
  • आजको मौसमः तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत ब

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 424 पटक पढिएको
  • कास्की अदालतको आदेशः १७ करोड बिगो कबुल गरेपछि भोटे ५ लाख धरौटीमा छुटे

    पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेसँग सम्बन्धित १७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुलनामाको आधारमा ५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि भोटेले तोकिएको धरौटी रकम बुझाएका छन्। त्यससँगै उनी थुनामुक्त भएका छन्।सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना भएको आरोपमा अनुसन्धान तथा मुद्दा प्रक्रिया चलिरहेका बेला भोटेले बिगो रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। सोही आधारलाई अदालतले धरौटी निर्धारणको प्रमुख आधार बनाएको बताइएको छ।य

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 264 पटक पढिएको
  • पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन

    कपिलवस्तु— कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताको आइतबार बिहान निधन भएको छ।हृदयघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका गुप्ताको उपचारकै क्रममा निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताएका छन्।८० वर्षभन्दा बढी उमेरका गुप्ता लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न थिए। उनले २०३९ सालदेखि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका थिए भने एमालेको तर्फबाट नौ पटक उम्मेदवार बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुँदै सांसद बनेका थिए।परिवारका अनुसार उनको

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 462 पटक पढिएको
  • हुण्डी कारोबारको आशंकामा १९ लाख ५२ हजार रुपैयाँसहित एक पक्राउ

    काठमाडौं— अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–६, धुन्चे बजारस्थित पासाङ ल्हामु राजमार्गमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो जाँच गर्ने क्रममा रसुवा गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेको हो।प्रहरी निरीक्षक राजु शाहका अनुसार गुरुङले बोकेको झोलाभित्र १ हजार, ५०० र १०० दरका नोट गरी कुल १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको थियो। रकमको स्रोत पुष्टि गर्न नसक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 545 पटक पढिएको
  • भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 295 पटक पढिएको
  • कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा स्वास्थ्य सेवामा विशेष छुट

    काठमाडौं— कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि., ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।सम्झौताअनुसार कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता र अन्य योग्य ग्राहकले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त छुटमा बाह्य तथा भित्री बिरामी सेवा, आकस्मिक उपचार सेवा र औषधि खरिदसमेत समावेश गरिएको छ।कुमारी बैंकले विगत २५ वर्षदेखि देशभर बैंकिङ सेवा विस्तार गर्दै आएको छ। हाल बैंकले २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 471 पटक पढिएको
  • साउन १ देखि नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

    काठमाडौं— पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिने भएको छ। साथै, पुराना डिम्याट खाताको केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू हुनेछ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार साउन १ पछि डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भने विद्यमान खाताको केवाईसी अपडेट गर्दा पनि सो नम्बर उपलब्ध

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 450 पटक पढिएको
  • एकताको सूत्र खोज्दै कांग्रेस, विश्वप्रकाश शर्मामाथि इतर पक्षको असन्तुष्टि

    काठमाडौं— नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक विवाद अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले संस्थापन र इतर समूहबीच सहमतिको प्रयास तीव्र बनेको छ। दुवै पक्षले आफ्ना–आफ्ना प्रस्ताव तयार गरी संवादलाई औपचारिक रूपमा अघि बढाएका छन्।सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद टुंगिएपछि सभापति गगन थापाले इतर समूहका नेताहरूसँग छलफल सुरु गरेका थिए। त्यसयता विभिन्न चरणमा भएको वार्तापछि साझा सहमति खोज्ने प्रयास जारी रहेको नेताहरूले बताएका छन्।नेता रमेश लेखकका अनुसार गगन थापा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सकारात्मक छन्। मुलुक र पार्टी दुवै चुनौतीपूर्ण अवस्थामा रहेकाले एकता

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 427 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.