समाज

    Showing 1,471-1,480 of 11,017 items.
  • “मलाई राजदूत बन्न मन छ” भन्दै बालेन साहको व्यङ्ग्यात्मक टिप्पणी, कमेन्टमा कोर टिमको रमाइलो

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको एक व्यङ्ग्यात्मक टिप्पणी अहिले चर्चाको विषय बनेको छ।“मलाई राजदूत बन्न मन छ” भन्ने आशयको उनको पोस्ट सार्वजनिक भएपछि समर्थक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच विभिन्न अड्कलबाजी र प्रतिक्रिया देखिएका छन्। उक्त अभिव्यक्तिलाई धेरैले व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन्।यसैबीच, कमेन्ट सेक्सनमा बालेनको कोर टिम र समर्थकहरूबीच रमाइला प्रतिक्रिया आदानप्रदान भएको देखिएको छ। कतिपयले मजाकिया शैलीमा प्रतिक्रिया जनाएका छन् भने केहीले यसलाई समसामयिक राजनीतिक घटनाक्रमसँग जोडेर टिप्पणी गरेका छन्।सामाजिक सञ्जालमा बालेनका पोस्टहरू बेला–बेलामा चर्चामा आउन

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 460 पटक पढिएको
  • अमेरिकाको ओहायोमा गोलीकाण्ड, १२ जना घाइते

    काठमाडौं— अमेरिकाको ओहायो राज्यको टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिक गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई पक्षबीच एकअर्कातर्फ गोली प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ।घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा प्रत्येक वर्ष आयोजना हुने सामुदायिक उत्सवको आसपास भएको हो। उत्सवमा सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोली चलेको बताइएको छ।गोली चलेपछि

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 441 पटक पढिएको
  • २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट प्रहरीले २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङको साथबाट ९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 453 पटक पढिएको
  • कालिकोट र प्यूठानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

    काठमाडौं— कालिकोट र प्यूठान जिल्लामा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारीमा तथा प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको नेपाली सेनाले जनाएको छ ।उक्त वस्तुहरूको जानकारी प्राप्त भएपछि नेपाली सेनाबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद वस्तुहरूलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले जनाएको छ। स्थानीय बासिन्दालाई शंकास्पद व

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 462 पटक पढिएको
  • धनगढीमा दिनदहाडै खुकुरी हानाहानः भाटभटेनी बाहिर रक्तरञ्जित झडप, बढ्दो हिंसाले सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती

    काठमाडौं— धनगढीमा दिनदहाडै भएको खुकुरी हानाहानको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ। भाटभटेनी सुपरमार्केट बाहिर भएको रक्तरञ्जित झडपमा संलग्न व्यक्तिहरूले एकअर्कामाथि खुकुरी प्रहार गरेको बताइएको छ।व्यस्त बजार क्षेत्रमै भएको घटनापछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार झडप अचानक सुरु भएको थियो र घटनास्थलमा उपस्थित सर्वसाधारणहरू भागाभाग गर्न बाध्य भएका थिए।घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान अघि बढाएको जनाएको छ। झडपको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।सार्वजनिक स्थलमै दिनदह

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 450 पटक पढिएको
  • बसपार्क निर्माणको बाटो खुल्दै, स्थानीयले आफैं हटाउन थाले घर–टहरा

    पोखरा । पोखराको बहुप्रतीक्षित बसपार्क निर्माण योजनाले गति लिन थालेको छ। महानगरपालिकाले दिएको समयसीमा सकिन लाग्दा बसपार्क क्षेत्रभित्र रहेका घर–टहरा स्थानीयवासीले आफैं हटाउन सुरु गरेका छन्।लामो समयदेखि विवाद र अन्योलमा रहेको बसपार्क क्षेत्र खाली हुन थालेपछि निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको छ। स्थानीयले विकास निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आफ्ना संरचना भत्काउन र सामान सुरक्षित स्थानमा सार्न थालेका हुन्।महानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्न १५ दिनको सूचना जारी गरेको थियो। सोही सूचनाको समयसीमा अन्तिम चरणमा पुगेसँगै क्षेत्र खाली गर्ने काम तीव्र बनेको छ।उता, बसपार्कका लागि वर्षौँअघ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 233 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ छ कारोबार ?

    काठमाडौं— स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी ३३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने, एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 525 पटक पढिएको
  • कास्कीमा ‘स्विप अप्रेसन’ एकै दिन ४० जना प्रहरी कारबाहीमा

    गण्डकी— जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला क्षेत्रमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनामाथि कारबाही गरिएको छ।त्यसैगरी पोखरा–२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरेर सवारी चलाएका नौ जना तथा ट्राफिक नियम उल्लङ्घन गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 451 पटक पढिएको
  • अछाममा जिप दुर्घटना हुदा एकको मृत्यु, दुई जना घाइते

    अछाम— अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेख क्षेत्रमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।शनिबार राति तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खस्दा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको नेतृत्वमा गएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।प्रहरीका अनुसार दुर्घटनामा कर्ण भ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 423 पटक पढिएको
  • मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ ।त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.