काठमाडौं— लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ऐतिहासिक एकता नजिकिएको छ।दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच विस्तृत छलफल, कानुनी व्याख्या तथा संस्थागत विश्लेषणपछि पूर्ण सहमति फाइनल गरिएको हो। सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।एकता सभाको पूर्वसन्ध्यामा दुवै पक्षका शीर्ष नेताहरू काठमाडौं आइपुगेका छन्। एकताको अ
काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओपछि बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।कम्पनीले लमजुङ जिल्लामा ७.५
हेटौंडा— हेटौंडा उप–महानगरपालिका–४, कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ करिब ६ः३० बजे पशुपतिनगरतर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घटना भएको हो ।दुर्घटनामा पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रा बस्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयले तत्कालै उद्धार गरी सोही दिन साँझ ६ः४२ बजे उपचारका लागि हेटौंडा अस्पताल पु¥याए पनि उपचारकै क्रममा ६ः५० बजे मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।दुर्घटना स्थलमा
विराटनगर— कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत निर्देशन दिए ।नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आ
जनकपुर— धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद
बाजुरा— बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्। उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए । उनका अनुसार वेपत्ता बालकको खोजीको लागी
हेटौंडा— २५/२५ मिटर सडक विस्तारको तयारी स्वरूप डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा–९ क्षेत्रमा सडक नापजाँच तथा रेखाङ्कन गर्ने कार्य अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गरेपछि काम रोकिएको छ । मास्टरचोकबाट कर्रा पुलसम्मको क्षेत्रमा हिजो बिहान सुरु गरिएको रेखाङ्कन कार्यलाई स्थानीयले रोक्का लगाएका थिए । उनीहरूले क्षतिपूर्ति बिना संरचना हटाउन नहुने, पुरानो नक्साअनुसार सडक पुनस्र्थापना हुनुपर्ने, तथा सडक नापजाँच अघि स्पष्ट मुब्जा (मोहडा) नदिइएको भन्दै आपत्ति जनाए।स्थानीय बासिन्दाहरूले आफूहरू ‘विकास विरोधी होइन’ तर वैधानिक प्रक्रिया र क्षतिपूर्तिको व्य
जनकपुर । जनकपुरधामको राम मन्दिरबाट जानकी मन्दिरमा पुछारीको भार पठाइएको छ ।साताव्यापी सीता राम विवाह महोत्सव अन्तर्गत जनकपुरधाममा सम्पन्न प्रतिकात्मक सीता राम विवाह सन्दर्भमा बिहीबार अयोध्याको प्रतिनिधित्व गर्ने राममन्दिरबाट वैवाहिक सम्बन्धको प्रगाढता एवम हर्ष स्वरुप जानकी मन्दिरमा माता सीतालाई पुछारीको भार पठाइएको छ । मिथिला संस्कृति अनुसार विवाह भएपछि ससुराली पक्षबाट आएको पुछारीको भारलाई जनमानसमा कोशेलीको रुपमा वितरण गर्ने परम्परा अनुरुप जानकी मन्दिरबाट पनि राम मन्दिरबाट पठाइएको कोशेलीहरु वितरण गरिने परम्परा रहेको छ ।पुछारीमा विभिन्न परिकार, मिठाई, दही, फलफूल एवम माता सीताका लागि वस्त्रह
मकवानपुर । जिल्लामा लागुऔषध रोकथाम तथा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको नेपाल प्रहरीले हेटौंडामा ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा लागुऔषध कारोबार बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले गरेको यो सफलताले अवैध कारोबारमा संलग्न समूहमाथि कडा दबाब परेको जनाइएको छ ।आज बिहान ११ः३० बजे, राप्तिरोड हुँदै थानाभरयाङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ह ०१२६८८ नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै तीव्र गतिमा भाग्न खोजेपछि प्रहरी टोलीले पछ्याएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोलाई पछ्याउँदै जाँदा हेटौंडा उपमहानगरपा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिरबाट चोरी गएको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–२ बस्ने ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर मिति २०८२।०८।०३ गते बिहान ५स्४० बजे चोरी भएको भनी परेको उजुरीपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई सोही स्कुटरसहित फेला पारेर पक्राउ गरेको हो। उनलाई चोरी मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.