कैलाली— बाराको सिमरामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरुमाथि गरिएको साङ्घातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेनजीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।बुधबार चार वटा जेनजी समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको मागलाई सुन्नै नचाहने र उल्टै जेनजीहरुमाथि केपी ओली र महेश बस्नेतले सुरु गरेको साङ्घातिक हमलाको भर्त्सना गरेका हुन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्,'हामीलाई थाहा छ यो जेनजी माथिको केवल आक्रमण होइन, जेनजीहरु विरुद्धको खुला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो । देशभर युवाहरू उठेर सुशासन, न
काठमाडौं— दल दर्ताका लागि निर्वाचन आयोगले चार दिन समय थपेको छ। अझै १९ वटा नयाँ दल दर्ता प्रक्रियामै रहेकाले उनीहरु पनि निर्वाचनमा सहभागी होउन् भन्ने उद्देश्यले समय थप गरेको आयोगले जनाएको छ।आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताको समय आज ९बुधबार० सम्मका लागि मात्र तोकेको थियो।बुधबार मात्रै १९ वटा नयाँ दल दर्तासँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले दुई दिनअघि मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।
काठमाडौं— एमसिए–नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक श्री डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर वि
काठमाडौं— नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल गरेर महाधिवेशनको लागि २४८८ जनाको हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको बताए । उनले भने, ‘अब हामी महाधिवेशन तर्फ लागौ, अहिलेको अवस्थालाई विवेचना गरौं । घटनाहरुलाई समिक्षा गरौ, आत्म समिक्षा गरौ ३५, ३६ वर्ष सरकार चलाउदा हामीले कतै कमजोरी त गरेनौ समिक्षा गरौं त्यसको लागि केन्द्रीय स
काठमाडौं । एमसिए–नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक श्री डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर व
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् । उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीहरुको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरुले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए । उनले भने, ‘देशको अवस्था स्थिर होस र देशमा सुशासन होस भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशिला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहानु भएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ तर त्यो होईन् । हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ जब हाम्रो मागहरु संविधान संशोधन गरेर पूरा गरिन
काठमाडौं— साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो । आजको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ । मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको बजारमा यस दिन कूल ३ सय २२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ९१ हजार ७ सय ५ पटकको कारोबारमा भएको हो । यसदिन ४ वटा कम्पनिको सेयर सकारात्मक सर्किट
मुगु— ‘औद्योगिक वातावरण सुधार दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मुगु जिल्लाको गमगढीमा आयोजित कार्यक्रममा ११ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका १२ जना सफल उद्योगीलाई सम्मान गरिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी उद्योगी–व्यवसायीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको हो ।कार्यक्रममा कार्यालय प्रमुख कमल भट्टले पछाडि परेको मुगुमा उद्योगी–व्यवसायीको मनोबल बढाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार राडी–पाखी, सिलाइ–कटाइ, फर्निचर, चाउमिन, तरकार
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् । उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.