मुस्ताङ— हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ ।मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएकोे ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए ।स्थानियहरुले सुकुटीलाई स्वादिलो र पोषिलो परिकारको रूपमा विशेष महत्व दिने गरेका छन् । यस वर्ष सुकुटीको माग बढेसँगै यसको मूल्य पनि चुलिएको छ । जोमसोमका याक व्यापारी पेम्बा रोकायका अनुसार प्रति गोटा याकको मूल्य १ लाख ५० हजार देखि १ लाख ७० हजार रुपैयाँ सम्म पुगेको छ ।सा
काठमाडौं— अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् ।सखुवासभा जिल्लाको खाँदवारिमा सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो । त्यसै गरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने छन् । भ
काठमाडौं— सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ ।तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको हो ।स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरि
कैलाली— धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए । “जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो । त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले भने । तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए । यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले
जनकपुर— मधेश प्रदेश सरकारको मंसिर ८ गत्ते सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज आफैं पत्रकार सम्मेलन गर्दै बैठकको निर्णयहरु सार्वजनिक गरेका छन् । उनका अनुसार जनकपुरधाममा हुने विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन संघीय सरकार र स्थानीय सरकारले गर्ने कार्यका अतिरिक्त मधेस प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने अतिथि स्वागत तथा व्यवस्थापकीय कार्यहरू गर्ने/गराउने सम्बन्धमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रिहरुलाई नै विभिन्न जिम्मेवारी दिई समिति गठन गर्ने निर्णय भएको छ ।त्यस्तै, नेपाल सरकारद्वारा स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्य
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ सचिवालय
काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको बुधबार बिहान उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन् । नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । उनले भने, ‘भदौ २४ गते सार्वजानिक संरचना तोडफोड, आगजनी हामीले कल्पना पनि नगरेको दिन हो । त्यस
काठमाडौं— तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो ।राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो ।मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जा
काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा थप ९०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो । बुधबार थप ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको हो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् । पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.