समाज

    Showing 1,541-1,550 of 11,019 items.
  • नीति तथा कार्यक्रम पढ्दै गर्दा कर्णालीका प्रदेश प्रमुख अस्वस्थ बनेपछि...

    काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 460 पटक पढिएको
  • धादिङमा नृसिंहधाम दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार भ्यान दुर्घटना ७ जना घाईते

    धादिङ। धादिङमा नृसिंहधाम दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार भ्यान दुर्घटनामा परेको छ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीस्थित टारिबेँसी नजिक दुर्घटनामा परेको हो।दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि धादिङबेँसी र सल्यानटारस्थित स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।भ्यानमा नृसिंहधामबाट दर्शन गरेर फर्किरहेका यात्रु सवार थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 184 पटक पढिएको
  • मनमैजुमा हात्तीको दाह्रा र लागूऔषधसहित पाँच जना पक्राउ

    काठमाडौं— काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा लुकाइराखेको तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जेठ १९ गते गरेको कारबाहीका क्रममा दुई थान हात्तीको दाह्रा र १५० क्याप्सुल लागूऔषध बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार तारकेश्वर–९ स्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। अनुसन्धानलाई विस्तार गर्ने क्रममा थप दुई टुक्रा दाह्रा टोखा–२ निवासी पुरन बोहरासँग र अन्य दुई टुक्रा मनमैजुका सन्तबहादुर भुजेलको कोठाबाट बरामद गरिएको प्रहरी

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 572 पटक पढिएको
  • एनएसएलमा सहभागी टोलीको संख्या १० पुर्याइने

    काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोलीको संख्या १० पुर्याइने भएको छ। भदौं २० गते अर्थात् आजदेखि होम एन्ड अवेका आधारमा हुने घोषणा गरिएको एनएसएलको चौथो संस्करणका लागि ३ टोली थपिने भएको छ। तेस्रो संस्करण ७ टोलीले खेलेका थिए । एनएसएलले नयाँ क्लब सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी, समूह तथा फुटबल संस्थाहरूलाई आवेदन दिन आज आह्वान गरेको छ।लिगले विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन प्राप्त गर्न चाहेको पनि एनएसएलले जनाएको छ। यद्यपि, अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिनेछ । एनएसएलमको घोषणा सभामा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने ज

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 427 पटक पढिएको
  • एक महिनापछि युवतीसहित झुण्डिएको अबस्थामा जंगलमा भेटिए हराएका सशस्त्रका असई

    काठमाडौं। एक महिना अघिसम्म जीवनका अनेक सपना बोकेर हिँडेका दुई युवा युवती।  आज भने जंगलको एकान्तमा निर्जीव अवस्थामा भेटिएका छन्। काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव फेला परेपछि परिवार मात्रै होइन, सिंगो समाज स्तब्ध बनेको छ। हराएको खबरसँगै आशा बाँधेर बसेका आफन्तले अन्ततः मृत्युको पीडादायी खबर सुन्नुपर्‍यो।पाँचखालको घना जंगल। जहाँ चराचुरुङ्गीको आवाजबाहेक अरू केही सुनिँदैन। त्यही जंगलको बीचमा रहेको मौवाको रुखले एक दर्दनाक कथा लुकाइरहेको थियो। बुधबार बिहान वनको अनुगमनमा निस्किएका स्थानीयले देखेको दृश्य हृदयविदारक थियो। एउटै रुखमा झुण्डिएका दुई श

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 283 पटक पढिएको
  • गुहेश्वरी क्षेत्रमा अवैध टहरा हटाउँदै काठमाडौं महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिका–८ र काठमाडौं महानगरप्रहरी बलको संयुक्त टोलीले गुहेश्वरी क्षेत्र नजिक सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ। बुधबार गरिएको अनुगमन तथा कारबाहीका क्रममा टोलीले डोजर प्रयोग गरी सार्वजनिक स्थानमा बनाइएका टहरा भत्काएको हो। महानगरले सार्वजनिक सम्पत्तिमा अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, सार्वजनिक जग्गा अतिक्रमण नगर्न र कानुनको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।स्थानीयवासीका अनुसार अव्यवस्थित रूपमा निर्माण गरिएका टहराले क्षेत्रको सौन्दर्यमा असर पार्नुका साथै आ

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 403 पटक पढिएको
  • सहकारी काण्डमा कडाइः १४ कर्मचारीसँग स्पष्टीकरण, थप छानबिनका लागि समिति गठन

    काठमाडौं— सहकारी क्षेत्रमा देखिएको बेथिति, अनियमितता र प्रशासनिक कमजोरीमाथि सरकारले कडा कदम चाल्न थालेको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा स्वीकृति तथा एकीकरणजस्ता प्रक्रियामा कानुन र सहकारीका मूल सिद्धान्त विपरीत भूमिका निर्वाह गरेको उल्लेख गरिएका कर्मचारीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको मन्त्रालयले

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 447 पटक पढिएको
  • लागू औषधसहित झापा, मोरङ र सुनसरीबाट ११ जना पक्राउ

    विराटनगर— कोशी प्रदेशअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।यस्तै, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका–१० का सुरज राय र विराटनगर–३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुर

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 422 पटक पढिएको
  • वित्तीय अपराध अनुसन्धानसम्बन्धी तालिम विराटनगरमा सुरु

    विराटनगर— नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा ‘सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण–विस्तारमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान अनुशिक्षण तालिम’ विराटनगरमा सुरु भएको छ।तालिमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल को प्रमुख आतिथ्य तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यमा भएको हो।उद्घाटन समारोहमा गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम राख्न सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण महत्वपूर्ण रहेको बताए। उनले सम्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 417 पटक पढिएको
  • प्रहरी महानिरीक्षक कार्कीद्वारा कोशीका प्रहरीलाई निर्देशन

    विराटनगर— नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले कोशी प्रदेश तथा मातहतका प्रहरी कर्मचारीलाई व्यावसायिकता, अनुशासन र सेवामुखी व्यवहारलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।मंगलबार कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले नेपाल प्रहरीले नागरिकको जन्मदेखि मृत्युसम्मका विभिन्न गतिविधिमा भरोसाको संस्थाका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सेवाग्राहीप्रति समान व्यवहार, अपेक्षारहित सेवा र नम्र बोलीचालीसहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे।उनले बन्द, हड्ताल, बाढी, पहिरो तथा अन्य विपद्का बेला खटिने प्रहरी सधैं चुस्त, दुरुस्त र शा

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 409 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.