समाज

    Showing 1,551-1,560 of 9,832 items.
  • नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ पदबाट राजीनामा दिने तयारीमा

    काठमाडौं— नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने तयारी गरेका छन् । नयाँ सरकारलाई सहयोग गर्ने उद्धेश्यले उनले राजीनामा दिन लागेका हुन् ।श्रेष्ठले अर्थसचिवलाई फोन गरेर राजीनामा दिन लागेको विषयमा जानकारी गराएको बोर्ड स्रोतको दाबी छ ।स्रोतका अनुसार श्रेष्ठले शुक्रबार साँझ बस्ने बोर्ड बैठकमा राजीनामाबारे जानकारी दिन लागेका छन् । ‘नयाँ सरकारलाई सहयोग गर्ने भन्दै अध्यक्षज्यूले राजीनामा दिने कुरा छ ।’, स्रोतले भन्यो ।यसो त रास्वपा सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेकै बेला श्रेष्ठले राजीनामा दिने चर्चा चलेको थियो । तर, त्यसबेला उनले आफूले राजीनामा

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 454 पटक पढिएको
  • प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    काठमाडौँ । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आमा र छोरी बीचको कथा देखाइएको छ ।बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटा फिचर्ड छन् ।अभिनेत्री खड्काले फिल्म ‘लालीबजार’ आमाको सङ्घर्ष र सफलताको कथा रहेको बताइन । उनले भनिन्, ‘लालीबजार म

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 164 पटक पढिएको
  • रोजगार सम्झौता र निर्धारित कार्यसमय पालना गर्न श्रम मन्त्रालयको निर्देशन

    काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सरोकारवाला सबैलाई कडा निर्देशन दिएको छ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही अस्पताल, स्वास्थ्य संस्था र अन्य प्रतिष्ठानहरूमा चिकित्सक, नर्सिङ स्टाफ लगायतका कर्मचारीहरूलाई श्रम सम्झौता विनै काममा लगाइएको तथा कानुनले तोकेको भन्दा बढी समय श्रम गराइएको भन्ने उजुरीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।श्रम ऐन, २०७४ को व्यवस्थालाई स्मरण गराउँदै मन्त्रालयले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच सम्झौता हुनु अनिवार्य रह

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 461 पटक पढिएको
  • सरकारी अस्पतालमा पनि दुई दिन बिदा दिने सरकारको निर्णय

    काठमाडौं— सरकारी अस्पतालमा पनि शनिबार र आइतबार गरी दुई दिन बिदा कायम हुने भएको छ । सरकारी अस्पतालहरूको ओपीडी सेवा पनि अब शनिबार र आइतबार बन्द हुने भएको हो।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला राख्न अस्पतालहरूलाई आग्रह गरेको थियो। तर चिकित्सक संघले त्यसमा असमर्थता जनाएपछि सरकारले आइतबार पनि बिदा कायम गर्ने निर्णय गरेको हो।मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन हुँदा पनि स्वास्थ्य सेवामा कुनै अवरोध नआउने जनाएको छ। अस्पतालहरूमा आकस्मिक र अन्तरंग सेवा भने सधैझै २४ घण्टा सञ्चालनमा रहने उल्लेख गरिएको

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 440 पटक पढिएको
  • ५ अंकले बढेर शेयरबजार बन्द, ७ अर्ब ४६ करोडको कारोबार

     काठमाडौं— साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्सेमा ५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.३६ अंकले बढ्दै २ हजार ८३८.४० अंकमा उक्लिएको हो ।यस दिन १० अर्ब ५३ करोड ७० लाख रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज होटल तथा पर्यटन समूह, हाइड्रोपावर, म्यानु एन्ड प्रो, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, जीवन बीमा, निर्जीवन बीमासहित माइक्रोफाइनान्स र म्युचुअल फन्ड आज ऋणात्मक भएका छन् ।१०८ कम्प

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 416 पटक पढिएको
  • कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ, २७ जना सहभागी

    काठमाडौं— नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा शुभारम्भ गरेको छ। रक्षा मन्त्रालयअन्तर्गत सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित कार्यक्रममा सी.सं. ३३ औं कमाण्ड तथा स्टाफ तालिमको उद्घाटन गरिएको हो।तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि प्रदीप जंग के.सी.ले सहभागी अधिकारीहरूबीच अनुभव आदान–प्रदानको महत्व औंल्याउँदै तालिमपश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक योजना निर्माण गरी कार्यान्वयन गर्न सक्षम बन्नुपर्ने बताए।मध्यम तहका अधिकारीहरूको नेतृत्व तथा स्टाफ क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा नेपाली सेनाका महिल

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 433 पटक पढिएको
  • प्रम बालेनविरुद्धको मुद्धाको सुनुवाइ सकियो, आदेश आउँदै

    काठमाडौं— बालेन्द्र शाह ‘बालेन’ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सुनुवाइ सम्पन्न भएको छ र अब आदेश आउने तयारीमा छ।शुक्रबार (वैशाख ४) सर्वोच्च अदालत मा न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापा को संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो। दुवै पक्षको बहस सकिएसँगै अदालतले आदेश तयार पारिरहेको छ।यो अवहेलना मुद्दामा बालेन विगत तीन वर्षदेखि नियमित रूपमा अदालत धाइरहेका छन्। यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले बालेनले वारेसमार्फत तारिख धान्न पाऊँ भन्ने माग अस्वीकार गर्दै, मुद्दाको गम्भीरता हेरेर उनी स्वयं उपस्थित हुनुपर्ने आदेश दिएको थियो।अदालतको सो आदेशपछि बालेन

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 491 पटक पढिएको
  • कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

    काठमाडौं— कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् ।शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो ।बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै थप जिम्मेवारी आफूमाथि थपिएको बताइन् ।सबै सदस्यहरुसँगको छलफल र समन्वयसँगै समितिको काम कारवाही अगाडि बढाउने उनले जानकारी दिइन् ।उनले भनिन्,‘निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको छ तर जिम्मेवारी धेरै ठूलो छ । हामी सबै बसेर

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 448 पटक पढिएको
  • अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 162 पटक पढिएको
  • शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा।ओजस्वी शेरचन चयन भएकी छन्शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो ।उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 169 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.