समाज

    Showing ११-२० of ११,१६२ items.
  • खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार

    काठमाडौं / विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाका सात तथा गैरसैनिक छ वटा हवाई साधनमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको छ । उनीहरूको उपचार भइरहेको छ ।खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एक शवसमेत

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २१३ पटक पढिएको
  • बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग

    रामेछाप / गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् ।बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सो रकम जम्मा गर्ने निर्णय गरेका हुन् । पीडितको लागि रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरूको १० दिनको पारिश्रमिक, कर्मचारी तथा शिक्षकहरूको

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ३२६ पटक पढिएको
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

    काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले भोटेकोशी बाटीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका छन् ।अकल्पनीय बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै उनले त्यहाँका जनताको जनजीवन झनै कष्टकर बन्दै गएकाले राहत तथा उद्धारमा सरकार थप गम्भीर बन्नुपर्ने बताएका हुन् ।‘बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। कैयौँ परिवार विस्थापित भएका छन् । थुप्रै नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूका आफन्त आफ्ना मान्छे जिवितै फेला पर्छन् कि भन्ने आसामा अझैँ कुरि बसेका छन् । आज मात्रै दुई जनाको जिवितै उद्धार भ

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २८५ पटक पढिएको
  • बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

    काठमाडौं / निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । कम्पनीले गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट ल्याएको यो जहाज आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी सेवामा उतारेको हो । पूर्ण ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट र आधुनिक नेभिगेसन प्रणालीले सुसज्जित यस जहाजमा ‘आरएनपी–एआर’ प्रविधि जडान गरिएकाले कम भिजिबिलिटीको अवस्थामा पनि सुरक्षित उडा

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २१४ पटक पढिएको
  • भोटेकोशी बाढीमा हराएकाहरूको खोजीमा १२ वर्षीय विवेक, टिचिङ अस्पतालमा फोटो टाँस्दै

    टिचिङ अस्पताल महाराजगञ्जमा भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको फोटो टाँसेर खोजी अभियानमा जुटेका विवेक परियार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। उनको यो मानवीय प्रयासलाई पछ्याउँदै अस्पताल परिसरमा मिडियाको समेत घुइँचो लागेको छ। उनी लमजुङका १२ वर्षीय बालक हुन् । विवेक कक्षा ५ मा अध्ययनरत छन्। उनी हाल महेन्द्र राष्ट्र माध्यमिक विद्यालय, बालुवाटारमा अध्ययन गर्दै आएका छन्। हराएका व्यक्तिहरूको खोजीमा देखाएको उनको सक्रियता र सामाजिक भावनाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १७९ पटक पढिएको
  • भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गरेका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाले वि

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २३२ पटक पढिएको
  • कराते टोलीलाई बिदाई गर्दै मन्त्री पोखरेलले भने, ‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस

    काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गरेका हुन् ।बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा सहभागी हुन लागेका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गरे । उनले खेलाडीहरूबाट राज्यले ठूलो अपेक्षा राखेको भए पनि प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाब नलिन आग्रह गरे ।‘देशको झण्डाको प्रतिनिधित्व गर्दै खेल्न जानुभएको छ । त्यसका

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १९९ पटक पढिएको
  • भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

    काठमाडौं / नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेको छ ।सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको भन्दै नाडाले यसलाई सकारात्मक कदम भनेको हो । बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९४ पटक पढिएको
  • आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    काठमाडौं / बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन् । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी बाढी प्रभावित क्षेत्रको मैदानमै उत्रिएर काम गरिरहेका हुन् ।उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हवाई मार्ग (हेल

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १७७ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.