समाज

    Showing 2,861-2,870 of 6,643 items.
  • हेटौँडामा माउन्टेन डिउ किन्ने ग्राहकलाई मिरिन्डा किन्न बाध्य, उपभोक्ता मञ्चको आपत्ति

    हेटौंडा— हेटौँडाको कान्तिराजपथ र भैरवरोड क्षेत्रमा आज भएको बजार अनुगमनका क्रममा माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई अनिवार्य रूपमा मिरिन्डा किन्न बाध्य पारिएको पाइएको छ ।अनुगमनका क्रममा ९ बोटलको माउन्टेन डिउको केसमा एक बोटल मिरिन्डा राखेर बिक्री भइरहेको पाइएको छ । उपभोक्ताहरूले आफूले चाहेका मात्र डिउ किन्न सक्दैनन् र बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले भने, ‘डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइस जस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका छन् । यो कार्य उपभोक्ता अधिकार विपरीत हो । 

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 499 पटक पढिएको
  • हेटौंडाको खसी बजारमा चहलपहल, व्यापार उकालो

    हेटौंडा— दशैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको खसी बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै गएको छ । शनिबारदेखि सुरु भएको चहलपहल हिजो–अस्ति झैँ आज पनि निरन्तर देखिएको छ भने व्यापारी र किसान दुवै पक्षको व्यापार उकालो लागेको छ ।स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ । यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ ।मकवानपुरको मनहरी, राक्सिराङ, बकैया, बागमती, मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्राहरू हेटौंडा–१ स्थित खसी बजारमा ल्याएर बिक्री वितरण गरिरहेका

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 590 पटक पढिएको
  • नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्णः सचिव मैनाली

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए ।‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।’उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्रा

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 555 पटक पढिएको
  • एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

    भक्तपुर— राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।बोर्डले नतिजा हेर्न VR

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 837 पटक पढिएको
  • जनकपुरमा झुला भाँचिँदा फसेका ५६ जनाको सकुशल उद्धार

    जनकपुर— धनुषाको जनकपुरस्थित एक मनोरञ्जन पार्कमा रहेको झुला (राइड) भाँचिएर झुलामा फसेका ५६ जनाको सकुशल उद्धार गरिएको छ।घटना शनिबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको एक निजी मनोरञ्जन पार्कमा भएको हो। झुलाको फलामे संरचना अचानक भाँचिएपछि राइड सञ्चालनमा रहेका दर्जनौं व्यक्ति झुलामै फसेका थिए।घटना लगत्तै सुरक्षा निकाय, स्थानीयवासी र नगरपालिकाको उद्धार टोली घटनास्थल पुगेको थियो। करिब एक घण्टाको प्रयासपछि सबै ५६ जनालाई सकुशल झुलाबाट बाहिर निकालिएको जनाइएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 421 पटक पढिएको
  • ट्रक र कन्टेनर ठोक्किँदा एक जना घाइते

    मुग्लिन— चितवनको इच्छाकामना गाउँपालिका–३ मा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार बिहान मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।दुर्घटनामा ट्रक चालक घाइते भएको र उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात सुचारु भएको छ।प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 414 पटक पढिएको
  • डा. महतको सक्रियता: कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणतर्फ नयाँ मोड

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएको बताइएको छ ।छलफलमा सहभागी केन्द्रीय सदस्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 419 पटक पढिएको
  • चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प

    काठमाडौं— चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 416 पटक पढिएको
  • ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै

    काठमाडौं— नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् ।वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ ।वेस्ट इन्डिजविरुद्ध खे

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 488 पटक पढिएको
  • ‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् । रामेछापमा पत्रकार अन्र्तक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए ।’ उनले भने, ‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 451 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा