समाज

    Showing 2,901-2,910 of 11,025 items.
  • निर्माणाधीन रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

    काठमाडौं— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर १०औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा उनले रंगशालाको काम सकाउन बजेट समेत विनियोजन भइसकेको बताए ।रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी र सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे । “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने ।उनले निर्माण व्यवसायीलाई कार्यतालिकाअनुसार काम अघि बढाउन र निश्चि

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 487 पटक पढिएको
  • पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव फेला

    धनुषा— धनुषाको कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला पारेको छ ।गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको आज बिहान करिब १० बजे सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।​जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत २८ गते पिकनिक गएकाको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले घटनास्थलबाट करिब ४० मिटर तल उनको शव फेला पारेको हो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 460 पटक पढिएको
  • बालेन सरकारलाई सुनिता डंगोलको साथ, महानगरमा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा

    काठमाडौं— इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ कार्यवाहक प्रमुख

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 425 पटक पढिएको
  • सार्वजनिक खरिद ऐन संशोधनको तयारीः मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

    काठमाडौं । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ ।यसै सिलसिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी राय सुझावका लागि सार्वजनिक गरेको हो । विधायन ऐन, २०८१ को दफा ६ (२) मा रहेको व्यवस्था बमोजिम कुनै पनि विधेयकको मस्यौदामा जनताको राय लिनुपर्ने प्रावधानलाई पालना गर्दै कार्यालयले यही चैत २५ गते उक्त मस्यौदा प्रकाशन गरेको हो ।सरोकारवालाहरूले मस्यौदा अध्ययन गरी आगामी वैशाख १ गतेभित्र आफ्ना राय र सुझावहरू पेश गरिसक्नुपर्ने समयसीमा तोकिएको छ

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 203 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ ।शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 151 पटक पढिएको
  • देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याएका छन् : प्रल्हाद दाहाल

    काठमाडौं । नेपालमा पछिलो समय मोहीको माग बढ्दै गएको छ । पछिल्लो समय पार्टी एवम भोजहरुमा पनि बजारी सामान जुस (कोक, फेन्टा) भन्दा पनि मोहीको प्रयोग बढी हुन थालेको छ । जसका कारण रैथाने उत्पादन मोहीको माग बढ्दै गएको छ ।यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल डोरी एशोसिएनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अहिले देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेको बताए ।उनले भने, ‘अहिले देशभर करिब १०० वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेका छन् । लेबलिङ र प्याकेजिङसहित दैनिक २० देखि २५ हजार लिटर मोही बिक्री हुने गरेको छ भने कुल खपत ३०–३५ हजार लिटरसम्म पुगेको छ ।’उनल

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 203 पटक पढिएको
  • प्रधानमन्त्री बालेन शाहलाई गालीगलौजयुक्त सामाग्री प्रशारण गरेको आरोपमा युट्युबर पोखरेल पक्राउ

    काठमाडौं— युट्युबर रोशन पोखरेल पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पाँचथरमा एक जना पक्राउ परेका छन् ।नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो । 

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 460 पटक पढिएको
  • दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका छन् ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा मुख्यमन्त्री कँडेलले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेकोले बाँकि काम सम्पन्न गर्न तदारुपता देखाउनुपर्ने उनको भनाई छ । रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट समेत विनियोजन भैसकेको उनले बताए ।रंगशाला निर्माणको सम्पूर्ण काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि तयारी गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायीसहित अन्य सरोकारवाला निकायको सक्रियताबाट सबै काम सम्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 139 पटक पढिएको
  • वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी

    काठमाडौं । वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताएकी छिन् ।वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएतापनि अहिले यस क्षेत्र संकटमा रहेको चिन्ता व्यक्त गरिन् ।मन्त्री चौधरीले वनस्पति स्रोतलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै संकटमा पर्ने धारणा राखिन् ।उनले भनिन्,‘हामीले लिने अक्सिजन देखि औषधि, खाद्य रोजगारी र आर्थिक विक

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 199 पटक पढिएको
  • कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैं पनि जोखिमपूर्ण र अपुरो छ । यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभई बाध्यता र जीवनरेखा हो ।तर, विडम्बना कर्णालीका सात जिल्लामा नौ वटा विमानस्थल हुँदाहुँदै पनि यहाँका बासिन्दाले यात्रामा सास्ती भोग्नुपर्ने नियति बदलिएको छैन । एकातिर करोडौँ खर्चेर बनाइएका संरचना प्रयोगविहीन छन् भने अर्कोतिर प्रदेश राजधानी सुर्खेतसँग दुर्गम जिल्लाको सिधा हवाई सम्पर्क टुटेको छ ।कर्णालीका दश जिल्लामध्ये सल्यान, दैलेख र जाजरकोटमा मात्र विमानस्थल छैनन् । बाँकी जिल्लामा हवाई पूर्वाधार भए पनि तीन वटा विमानस्थल अहिले पूर्ण रूपमा प्रयोगविहीन

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.