समाज

    Showing 3,051-3,060 of 8,749 items.
  • बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

    काठमाडौं । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्म

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 228 पटक पढिएको
  • बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    सिरहा— बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी स

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 478 पटक पढिएको
  • परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार होः मन्त्री गौतम

    काठमाडौं—  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा।सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् ।विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख गरिन् ।उनले भनिन्, ‘अहिले विश्वमा नै योग ध्यान आयुर्वेदलगायतका हाम्रा विभिन्न विधाहरु छन् । जसमा झारफुक, धामी–झाँक्रीजस्ता लगायतका जसलाई पहिला वैकल्पिक भन्थ्यौं । यी पद्धतिहरू वैकल्पिक

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 466 पटक पढिएको
  • मन्त्री पुन भन्छन ध्यानको उत्पति स्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए ।मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 454 पटक पढिएको
  • पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

    पथरी। उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको  कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 277 पटक पढिएको
  • काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

    काठमाडौं— सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए ।विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 413 पटक पढिएको
  • आज रवि लामिछानेलाई बनस्थलीस्थित घण्टीघरमा स्वागत गरिदै

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन् ।प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई दिउसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौं आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 422 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ ।आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै, आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँका कारोबार भएको चाँदी आइतबार तोलामा ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 463 पटक पढिएको
  • करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

    सुर्खेत— पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 479 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बाल्चनपुरमा शनिबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।चपुर–गौर सडक खण्ड अन्तर्गत डुमरियाबाट २ कि.मी. दक्षिण तर्फ शनिबार साँझ ७ः३० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २.०३.०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकल चालक गढिमाई नगरपालिका–४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। मोटरसाइकल चालक साहको उपचारका क्र

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 427 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.