समाज

    Showing 3,121-3,130 of 6,643 items.
  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    काठमाडौं— आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ। आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो।त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • 493 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु

    चितवन— नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ बसमा ढुङ्गा खसेर एक यात्रुको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेको थियो ।उक्त घटनामा लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीले बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा

    • प्रकाशित मितिः असोज १, २०८२
    • 475 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ असोज ७ देखि निष्कासन हुने

    काठमाडौं— जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी गर्न अनुमति दिएको थियो ।प्रथम चरणपछि कम्पनीले दोस्रो चरणअन्तर्गत ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि पनि जारी गर्ने जनाएको छ । उक्त आईपीओको निष्कासन तथ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 452 पटक पढिएको
  • हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने

    हेटौंडा— हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ । नगरको अनुगमनका क्रममा उपमहानगर प्रमुख मीना कुमारी लामाले सेवाप्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यका साथ सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् । प्रमुख लामाले खरानीबाट उठेर कामलाई व्यवस्थित गर्दै संरचनागत विकासमा लाग्नु अहिलेको आवश्यकता रहेको धारणा राखिन् । नगरको समग्र सेवाप्रवाहलाई आधुनिक र पारदर्शी बनाउन सबै पक्षसँग सहकार्य गर्न आग्रह समेत गरिन् । उनले नगरवासीलाई समयमै सेवा उपलब्ध गराउने र नगरको विकासलाई दिगो तथा योजनाबद्ध बनाउनेतर्फ प्राथमिकता दिने स्पष्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 525 पटक पढिएको
  • तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु

    काठमाडौं— जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल गर्नुपर्ने सेवा सुरु गरिएको हो ।आगजनी र तोडफोडले क्षतिग्रस्त भएका दुईवटै पालिका भवन सफाइ गरिएको भए पनि प्राविधिक परीक्षण पूरा नभएकाले तत्काल प्रयोगमा ल्याउन नसकिने जनाइएको छ । नगरप्रमुख खड्काले प्राविधिक मूल्याङ्कन सकारात्मक आ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 536 पटक पढिएको
  • गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

    सुर्खेत— रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो । असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 378 पटक पढिएको
  • आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो

    काठमाडौं— आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा  बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ । 

    • प्रकाशित मितिः असोज १, २०८२
    • 487 पटक पढिएको
  • राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन गरिएको जानकारी दिए । उनले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन सम्वत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 456 पटक पढिएको
  • भाटभटेनी समूहको क्षति विवरण सार्वजनिकः २१ स्टोरमा क्षति, १२ पूर्णरूपमा नष्ट

    काठमाडौं— नेपालमै सबै भन्दा ठुलो र धेरै स्थानमा विस्तार भएको भाटभटेनी सुपर मार्केटको २१ शाखामा क्षति पुगेको छ ।जेन्जी आन्दोदनको क्रममा एक दर्जन शाखा जलेर खरानी भएका छन् भने ९ वटा शाखामा लुटपाट र तोडफोड भएको हो ।जसका कारण देशलाई कर बुझाउने मुख्य व्यवशायिक संस्था मात्र जलेको छैन, अर्बौंको क्षति भएको छ । हजारौंको रोजगारी गुमेको छ । ति परिवारका रोजीरोटी खोसिएको छ, घरको चुल्हो निभेको छ ।भदौ २३ गते सोमबार जेन्जी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाए । त्यस पछि आन्दोलन उग्र बन्यो ।उग्र बनेको आन्दोलनको अनियन्त्रित भिडले व्यवसायीलाई लक्षित गर्दै तोडफोड र आगजनी गरे

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 601 पटक पढिएको
  • जेनजी आन्दोलनपछि माओवादी भित्र नेतृत्व संकट, जनार्दनले मागे प्रचण्डको राजीनामा

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनले परम्परागत नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको भन्दै शर्माले नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।उनका अनुसार आन्दोलनले थिग्रिएको राजनीतिक प्रणाली, नेतातन्त्र र दलाली संस्कृतिको विरोध गर्दै नयाँ नेतृत्वको खोजी गरेको छ। शर्माले यस विषयमा पार्टी पंक्तिमा छलफल थालेका छन्।जुलुसका क्रममा भदौ २३ गते हिंसा भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति र अन्य शीर्ष नेताहरूलाई सुरक्षाका लागि सेनाको सहायतामा सुरक्षित स्था

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 566 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा