समाज

    Showing 3,141-3,150 of 11,026 items.
  • इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल

    काठमाडौं— इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।जर्मन एशोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 473 पटक पढिएको
  • हाँस्य कलाकार बले पक्राउ

    काठमाडौं— हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 451 पटक पढिएको
  • ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकता दिने बताएका छन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे ।मन्त्री श्रेष्ठले ऊर्जा उत्पादन मात्र नभई खपतको रणनीतिलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘ऊर्जा केवल कच्चा पदार्थ मात्र होइन, यसलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ,’ उनले भने । उनले घरेलु र औद्योगिक मागको वास्तविक अवस्था बुझ्न यथार्थपरक

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 457 पटक पढिएको
  • अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं— अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका(१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका(६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । उन

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 451 पटक पढिएको
  • त्रिभुवन राजपथको टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध

    काठमाडौं— त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ ।काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिष्टुङमा दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।ट्रक चालक धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ का २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टामा चोट लागी सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोलीलले ट्रक हटाएर यातायात सेवा सञ्चालनका लागि प्रयास गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 456 पटक पढिएको
  • सात वटै प्रदेशको स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    काठमाडौं— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयले सबै प्रदेश अन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 453 पटक पढिएको
  • गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन

    जनकपुर— मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।गृहमन्त्री महतोले शुक्रबार विहान प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष, प्रसुती गृह, डाईलाईसिस विभाग, आईसीयु र ओपिडि विभागको अनुगमन गरेका हुन् । सो क्रममा उनले विरामीहरुसंग पनि सोधपुछ गर्नुका साथै अस्पतालका निर्देशक डा।जामुन प्रसाद सिंहसँग अस्पतालबारे जानकारी लिएका छन् ।अस्पतालका निर्देशक डा। सिंहले अस्पतालमा विद्यमान कर्मचारी दरबन्दी, सरसफाईको अभावको बारेमा गृहमन्त्री महतोलाई ध्यानाकर्षण गराएका थिए ।साथै उनले राजनिति पहुँचका कारण स्वास्थ्य क्षेत्रमा हुनुपर्ने लगानी विभि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 504 पटक पढिएको
  • बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक

    बाजुरा— बाजुरामा यो बर्ष समयमै पाठ्यपुस्तक पुगेका छन्। शैक्षिक सत्र सुरु नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला केही बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने बाजुरामा पछिल्ला दुई तीन बर्षहरुमा भने समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन् ।जिल्लाका बिभिन्न बितरण केन्द्रमा समयमै पाठ्यपुस्तक पुगिसकेका छन् । पहिलेका बर्षहरुमा बर्ष वितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा अघिल्ला दुई बर्ष र यो बर्षमा भने समयमै किताब पुगेका हुन्। समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरू समेत निकै खुशी देखिएका छन् ।जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८३ को लागि कक्षा

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 525 पटक पढिएको
  • 'महिला उद्यमशीलता सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक’

    काठमाडौं— उपराष्ट्रपति रामसहाय यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तिकरणको साधन मात्र नभई सामाजिक रूपान्तरणको आधारसमेत भएको बताएका छन् ।शुक्रबार महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे ।‘महिला उद्यमशीलता व्यक्तिगत आर्थिक शसक्तिकरणको साधन मात्र होइनन् । सामाजिक रुपान्तरणको आधार पनि हुन् । महिलाले उद्यम मार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्दछ,’उनले भने ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 512 पटक पढिएको
  • रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छः मन्त्री तिमिल्सिना

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक महत्व र वर्तमान सान्दर्भिकताबारे जोड दिएका छन् ।रेडियो नेपाल को ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको मनोरञ्जन र सूचना प्रवाहको इतिहासमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रको विकाससँगै यसको आवश्यकता निर्देशित भएको बताए ।‘जब सूचना जनताको हक हो भन्ने मान्यता स्थापित भयो, त्यसपछि रेडियो नेपालको स्थापना भई यसले निरन्तर योगदान दिँदै आएको छ,’ उनले भने ।उनले समयसँगै सञ्चार क्षेत्र, बजार तथा प्रसारण विधिमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै रेडियो नेपालले पनि आफूल

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.