समाज

    Showing 3,411-3,420 of 9,909 items.
  • लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।माघ ४ गते प्राप्त विशेष सूचनाका आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–८ का महमद सहवाज र वडा नं. ७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–९ स्थितबाट सुन्दरहरैचा–१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजासहित पक्राउ गरेको छ।यसैगरी, सुनसरीको प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको टोलीले भोक्राहा नर्सिङ गाउँप

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 432 पटक पढिएको
  • उम्मेदवार चयनका लागि कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने भएको छ। पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने उद्देश्यले केहीबेरमै बैठक बस्ने तयारी भइरहेको कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए।उनका अनुसार बैठकमा निर्वाचनमा उठाइने उम्मेदवारबारे छलफल गरी अन्तिम निर्णय लिने तयारी छ। पार्टीभित्रबाट आएका विभिन्न सिफारिस र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उम्मेदवार तय गरिने बताइएको छ।निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 438 पटक पढिएको
  • नेपाल प्रहरीका आठ डीआईजीको सरुवा

    काठमाडौं— नेपाल प्रहरीका आठ प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा भएका छन् । सरुवा हुनेमा डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालयमा, कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा र गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा सरुवा भएका हुन्।यसैगरी अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा, प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा, केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्याल

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 480 पटक पढिएको
  • उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

    काठमाडौं— नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् ।बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुन

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 435 पटक पढिएको
  • जनकपुरधामको सभालगत्तै बालेन झापा जाने

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ।  मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।आज निर्वाचन अधिकृतको कार्या

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 471 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 435 पटक पढिएको
  • १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’ लाई दर्शकको राम्रो प्रतिक्रिया

    काठमाडौं— मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् ।माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ ।हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम वर्गीय परिवारको घरको कथा चलचित्रले उठाएको दर्शकको प्रतिक्रिया छ ।बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप ला

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 485 पटक पढिएको
  • १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

    काठमाडौं— १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,कमलपोखरी,काठमाण्डौंमा आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् ।महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । यो महोत्सव शैली थिएटर, ओजस थिएटर र रुसी सदन, काठमाण्डौंको आयोजनामा हुन लागेको हो ।महोत्सवमा छनौंट भएका नाटकहरुमा श्री महेन्द्र आदर्श मा।वि, ललितपुरको हामी एकै हौं । मेधाश्री विद्यालय काठमाण्डौंको यशस्वी भवः, हामी दाजुभाइ संस्था,ललितपुरको के यो माया हो ?,इन्टरनेसनल स्कुल धुम्रबा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 470 पटक पढिएको
  • सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीकः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए ।उनले भने, ‘सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 467 पटक पढिएको
  • मिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रिया, न्याय मन्त्रालयद्वारा छानबिन सुरु

    काठमाडौं— अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पु¥याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् ।आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा पूजा सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘जस्टिस फर रेनी गुड’ र ‘आइस आउट’ जस्ता नारा लगाउँदै श्रद्धालुहरूसँग सामना गरेको देखिन्छ ।ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सामाजिक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 462 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.