समाज

    Showing 3,441-3,450 of 11,034 items.
  • आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो ।सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 490 पटक पढिएको
  • बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

    बाजुरा— बाजुरा तथा देशकै सर्वाधिक विकट हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिंगो गाउँपालिकाभर सञ्चालित शिविरबाट विभिन्न रोगका करिब एकहजार बढी विरामी लाभान्वित भएका छन् ।दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरबाट पालिकाका ७ वटै वडाका नागरिकले सेवा पाएका हुन् । पालिकाका ३ ठाउँबाट यहाँका नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।गाउँपालिकाको धुलाचौर,कुवाडी र विच्छ्या गरी तीन ठाउँबाट सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताएका छन् । उपचारका क्रममा ५ सय बढी पाठ

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 465 पटक पढिएको
  • आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू,नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा

    काठमाडौं— धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् ।बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका पालिका प्रमुखहरूको बैठकले यस्तो निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई दिएको निर्देशनलाई लक्षित गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।आशिकाले बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य तत्क

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 450 पटक पढिएको
  • नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

    भक्तपुर— जिल्लाको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। केही दिनअघि कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न सामाजिक सञ्जालमार्फत दबाब सिर्जना भएको थियो। 

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 475 पटक पढिएको
  • बालेनले छोडेपछि काठमाडौं महानगरमा विकृति बढ्दै

    काठमाडौं— बालेन शाहको कार्यकालमा हटाइएका अवैध होर्डिङ बोर्डहरू पुनः काठमाडौंका विभिन्न क्षेत्रमा देखिन थालेका छन्। महानगरकी  कार्यवाहाक प्रमुख सुनीता डंगोलले नेतृत्व  सम्हालेपछि सो निगरानी कमजोर बन्दै जाँदा शहर फेरि अनियन्त्रित विज्ञापनतर्फ फर्किएको संकेत देखिएको छ।कोटेश्वर, सिनामंगल, नक्साल र एयरपोर्ट क्षेत्रजस्ता स्थानमा पुनः ठूला विज्ञापन बोर्ड राखिएको पाइएको छ। यसअघि महानगरले यस्ता बोर्डमा कडाइ गरेको भए पनि अहिले कार्यान्वयन फितलो देखिएको छ।महानगर प्रहरी प्रमुख विष्णु जोशीले सो विषयमा आफुलाई जानकारी नभएको बताएका छन् भने राजस्व प्रमुख प्रविण कोइरालाले अनुगमन कमजोर भएको संकेत दिएका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 441 पटक पढिएको
  • चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापाः अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।सूचना

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 431 पटक पढिएको
  • जनकपुरधाममा एक पुरुषको शव फेला

    जनकपुर— जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो ।उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ ।स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरह

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 404 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न र इन्धन भण्डारण क्षमता बढाउन माग

    काठमाडौं— यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति समेत जनाए ।विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई बधाई ज्ञापन समेत गरियो ।कार्यक्रममा प्रमुख संरक्षक होमप्रसाद अधिकारीले हालै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक बहुमतसहित विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 484 पटक पढिएको
  • रामेछापमा खुल्यो आर्थिक गणना कार्यालय

    रामेछाप— राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना २०८२ को लागि रामेछापमा आर्थिक गणना कार्यालय स्थापना गरेको छ । बिहीबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कार्यालयको शुभारम्भ गरेका हुन् ।कार्यालय उद्घाटन गर्दै थापाले हरेक तथ्याङ्क राष्ट्रको नीति र विकास योजना बनाउने पहिलो आधार भएकोले आर्थिक गणनलाई तथ्यपरक बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । यसलाई सफल बनाउन सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने उनले प्रष्ट पारे ।जिल्लाको आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलनको लागि कार्यालय स्थापना गरिएको जिल्ला आर्थिक गणना कार्यालय रामेछापकी प्रमुख रोजी शाक्यले जानकारी दिइन् । आर्थिक क्षेत्रलाई

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 412 पटक पढिएको
  • काठमाडौं महानगर र स्वास्थ्य संस्थाहरुबीच सहकार्य सम्झौता

    काठमाडौं— काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी काम गर्न बिहीबार सम्झौता भएको हो ।उक्त सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य गरेको बताइन् ।‘हामीलाई काम गर्नका लागि स्थान आवश्यक पर्छ, तर काठमाडौंमा ठाउँ पाउन गाह्रो छ । यस पटक प्रसूति गृहसँगको सहकार्यले स्वास्थ्य प्रवद्र्धन केन्द्रका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछ । जतिसक्दो छिटो काम गर्नुपर्छ,’ उनले भ

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 432 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.