काठमाडौं— बालेन शाहको कार्यकालमा हटाइएका अवैध होर्डिङ बोर्डहरू पुनः काठमाडौंका विभिन्न क्षेत्रमा देखिन थालेका छन्। महानगरकी कार्यवाहाक प्रमुख सुनीता डंगोलले नेतृत्व सम्हालेपछि सो निगरानी कमजोर बन्दै जाँदा शहर फेरि अनियन्त्रित विज्ञापनतर्फ फर्किएको संकेत देखिएको छ।
कोटेश्वर, सिनामंगल, नक्साल र एयरपोर्ट क्षेत्रजस्ता स्थानमा पुनः ठूला विज्ञापन बोर्ड राखिएको पाइएको छ। यसअघि महानगरले यस्ता बोर्डमा कडाइ गरेको भए पनि अहिले कार्यान्वयन फितलो देखिएको छ।
महानगर प्रहरी प्रमुख विष्णु जोशीले सो विषयमा आफुलाई जानकारी नभएको बताएका छन् भने राजस्व प्रमुख प्रविण कोइरालाले अनुगमन कमजोर भएको संकेत दिएका छन्।
यसले महानगरभित्र समन्वय र नियमनमा कमजोरी देखिएको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याएको छ।




































