समाज

    Showing 4,571-4,580 of 11,044 items.
  • राष्ट्रियसभा बैठक सिंहदरबारबाट सुरु गरियो

    काठमाडौं— राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारबाट सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा आइतबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए। त्यस्तै उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण समेत गरिएको थियो।बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ। २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो। उनी २०७० मा संविध

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 513 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनद्वारा रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयको विरोध

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् ।आइतबार जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित छविलाल जोशी र जीबी राईलगायतका व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालत विपरीत तथा राज्यसत्ता र कानूनको चरम दुरूपयोग भएको ठहर गरेका छन् ।गम्भीर वित्तीय अपराधस

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 555 पटक पढिएको
  • मेयरबाट बालेनले दिए राजीनामा (पत्रसहित)

    काठमाडौं— रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा५ मा निर्वाचन लड्दै छन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 539 पटक पढिएको
  • नेपाल डेरी एसोसिएसनको महाधिवेशन माघ ६ र ७ गते

    काठमाडौं— नेपाल डेरी एसोसिएसनको महाधिवेशन माघ ६ र ७ गते आयोजना हुन गइरहेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानबाट ठूलो संख्यामा उद्योगीहरूको सहभागितामा माघ ६ र ७ गते महाधिवेशनको आयोजना हुन लागेको जानकारी गराइएको हो ।यो साधारणसभामा डेरी उद्योगको हक हितको विषयमा घनिभुत छलफल गरि निर्णय गरिने पनि एसोसिएसनको भनाई छ । डेरी एसोसिएसनले निम्नानुसार विषयमा छलफल गरि निर्णयार्थ सम्बन्धित निकायसँग समन्वय गरि अगाडि बढ्ने योजना बनाएको छ ।१. नेपालमा दुध तथा दुग्ध पदार्थको उत्पादन लागत बढी भएको, आयातित वस्तु सस्तो, निर्यात गर्दा अन्तर्राष्ट्रिय ब

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 518 पटक पढिएको
  • एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

    बाजुरा— नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 520 पटक पढिएको
  • पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने

    दोलखा— आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले) ले अनुभवी, जनविश्वास प्राप्त र विकासमुखी नेताका रूपमा परिचित पार्वत गुरुङलाई पुनः चुनावी मैदानमा उतारेको छ ।दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आएका गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ ।पार्टी संगठन कमजोर पर्दा अगाडि उभिने, नेतृत्व संकटमा परेका बेला काँध थाप्ने र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा गुरुङ दोलखामा स्थापित नाम हो । स्थानीय समस्यालाई केन्द्रसम्म पु¥याउने र भूगोलअनुसार विकासको खाका कोर्ने उनको कार्यशैलीले नै दोलखामा निरन्तर जनसमर्थन प्राप्त गर्दै आएको राजनीतिक विश्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 496 पटक पढिएको
  • काठमाडौं जाने पूर्वको प्रमुख नाका अहिले सुनसान

    रामेछाप— एक समय काठमाडौं जाने पूर्वको प्रमुख नाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ ।लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।विसं १९६० मा सुरु भई १९६५ सालतिर साँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँको आवतजावत बढ्नेको थियो । पुल तरेर पूर्व जाने मानिसहरूको आउजाउ बढेपछि साँघुटारमा एक स्थानीयले नाङ्ले पसल सुरु गरेका स्थानीय हीरा उदास बताउँछन्। पछि १९८५ सालदेखि नेवार समुदाय र

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 531 पटक पढिएको
  • टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

    काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 463 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षका कार्यकर्ताको माइतीघरमा प्रदर्शन

    काठमाडौं— निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरू आन्दोलित भएका छन्। आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षका कार्यकर्ताहरूले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।प्रदर्शनका क्रममा उनीहरूले ‘संविधानको मर्म मार्न पाइँदैन’, ‘विधिको शासन कायम गर’, ‘अवैधानिक निर्णय फिर्ता गर’, ‘कानूनी राज्यको सम्मान गर’ जस्ता नाराहरू लगाएका थिए। साथै ‘लोकतन्त्र मास्न पाइँदैन’ र ‘आयोगको पाराले सारा दुख पायो’ भन्ने नाराहरू पनि आन्दोलनमा गुन्जिएका थिए।आन्दोलनकारीहरूले निर्वाचन आयोगको निर्णयले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रहार गरेको आरोप लगाउँदै निर्णय

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 515 पटक पढिएको
  • निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं :पूर्णबहादुर खड्का

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको विधानविपरीत भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आज रिट दर्ता गराएका हुन् ।उनीहरूले आयोगको निर्णयका कारण पार्टीको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा सहभागी हुन नपाउने अवस्था सिर्जना हुन सक्ने बताएका छन् । कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगले एकलौटी र कानुनविपरीत निर्णय गरेको आरोप लगाए । उनले भने, ‘निर्वाचन आयोगले संविधान, कानुन, राजनीतिक दल

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 242 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.