समाज

    Showing 4,591-4,600 of 6,727 items.
  • कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा

    काठमाडौं – पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअनुसारको संस्थागत संरचना हुनुपर्नेमा जोड दिएका हुन् ।‘यदि कृषिमा लगानी गर्ने हो भने विशिष्टकृत संस्था चाहिन्छ,’उनले भने, ‘यसको उत्पादन चक्र अलग छ, जोखिम व्यवस्थापन फरक छ, प्राविधिक पक्ष पनि अन्य क्षेत्रभन्दा भिन्न हुन्छ ।’खतिवडाले हालको लघुवित्त प्रणालीले कृषि क्षेत्रमा सन्तोषजनक ढंगले सेवा दिन नसकेको उल्ले

    • प्रकाशित मितिः असार २२, २०८२
    • 270 पटक पढिएको
  • भारतबाट उद्धार गरिएका सात जना बालक अभिभावकको जिम्मामा

    जनकपुर— जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले भारतबाट सात जना बालकको उद्धार गरिएको छ । उद्धार गरी ल्याएका बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ ।बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।तीन महिनाअघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 514 पटक पढिएको
  • २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    भक्तपुर— भक्तपुरमा २३ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ घर भई हाल काठमाडौं नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङ रहेका छन्।घिसिङले चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा असार ४ गते ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। यसै उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः असार २२, २०८२
    • 485 पटक पढिएको
  • ‘भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने परिपाटी बन्द होस्’ – सांसद सिंह

    काठमाडौं  – प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा लगानी नगर्न चेतावनी दिएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिएर उपयोगहीन परियोजनामा लगानी गर्नु उचित नहुने बताए।सांसद सिंहले भने, “जहाँ आम्दानी हुने सम्भावना छैन, त्यहाँ विदेशी ऋण प्रयोग गर्नु बुद्धिमानी होइन। ऋण लगानीको स्रोत हो, तर अहिले भ्रष्टाचारको साधनझैं प्रयोग भइरहेको छ।”उनले भौतिक पूर्वाधार जनसंख्याको घनत्वअनुसार निर्माण गरिनुपर्नेमा जोड दिए। "जहाँ जनसंख्या बढी छ, त्यहीँ पूर्वाधार बनाउँदा प्रयोग पनि बढी हुन्छ", उनले स्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 272 पटक पढिएको
  • धर्ती र जीवन दुवैमा शान्ति छाओस् : केपी शर्मा ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धर्ती  र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो । “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेख्नुभएको छ ।  आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 282 पटक पढिएको
  • श्रीमतीलाई आफूसँग पठाउन नमानेको भन्दै ससुरालीमा सामूहिक हत्या

    भोजपुर— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।प्रहरीका अनुसार ३० वर्षीय राजेन्द्र राईले गए राति आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।हत्या पश्चात राजेन्द्र राईले आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। उनको पेटमा गहिरो चोट लागेको र उपचारपछि उनलाई थप उपचारका लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।राजेन्द्र करीब एक हप्तादेखि ससुरालीमै बस्दै आएका थिए।  घरायसी विवादका कारण घटना भएको हुनसक्ने वडासदस्य जीव

    • प्रकाशित मितिः असार २२, २०८२
    • 396 पटक पढिएको
  • बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

    जनकपुर – नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् ।आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए । सो कुराको नेता महासेठले खण

    • प्रकाशित मितिः असार २२, २०८२
    • 232 पटक पढिएको
  • बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

    काठमाडौँ  –  नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 269 पटक पढिएको
  • उपभोक्ता अदालतको फैसलामा चिकित्सक असन्तुष्टि जनाउदै अस्पताल अगाडि धर्ना

    काठमाडौं– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आइतबार धर्ना दिइएको छ। देशका विभिन्न अस्पतालमा चिकित्सकले धर्ना दिएर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।  संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ(आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४, मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सि

    • प्रकाशित मितिः असार २२, २०८२
    • 547 पटक पढिएको
  • पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर आजदेखि विक्रीमा

    काठमाण्डौं—  पिपुल्स पावर लिमिटेडले आज देखि ५० प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशतमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयरको बिक्री खुलाएको हो । कम्पनीले आफ्नो ऋण भुक्तानीका लागि हकप्रद विक्री खोलेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  गत असार २ गते एकदिनका लागि कम्पनीले हकप्रद शेयर विक्री प्रयोजनाका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 552 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा