समाज

    Showing 4,641-4,650 of 6,730 items.
  • सभापति खतिवडाको राजीनामा माग गर्दै नेकपा एमाले

    काठमाडौं— नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिका सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,’ सांसद गिरीले भने– ‘जिम्मेवारी लत्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।’सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ । ‘सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन,’ उनले भने ।

    • प्रकाशित मितिः असार १८, २०८२
    • 515 पटक पढिएको
  • श्रीमती हत्या घटनाका आरोपित परे पक्राउ

    रूकुम पश्चिम— आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका–३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः असार १८, २०८२
    • 550 पटक पढिएको
  • ७५ लाख बराबरको जरिवाना तोकिएका फरार प्रतिवादीहरू पक्राउ

    काठमाडौं— बैंकिङ कसूर र चेक अनादर मुद्दामा ७५ लाख रुपैयाँ बराबरको जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका–४, महाराजगञ्ज बस्ने लम्जुङ जिल्ला, मध्यनेपाल नगरपालिका–७ का ५१ वर्षीय दिपेन्द्र राज घिमिरेलाई ४३ लाख ५० हजार रुपैयाँ जरिवाना भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई असार १७ गते बिहान १०ः३० बजे काठमाडौंको तीनकुनेबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।यस्तै, चेक अनादर मुद्दामा अदालतले दुई वर्ष कैद सजाय र ३१ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको काभ्रेपला

    • प्रकाशित मितिः असार १८, २०८२
    • 500 पटक पढिएको
  • बनस्थलीस्थित ढ्वाङ खोलामा खसेको स्कुटर प्रहरीले सुरक्षित रूपमा निकाले

    काठमाडौं— काठमाडौं महानगरपालिका–१६ स्थित बनस्थली क्षेत्रको ढ्वाङ खोलामा खसेको एक स्कुटर नेपाल प्रहरीले सकुशल निकालेको छ।घटना ओम साइबाबा अस्पताल नजिकको सडक खण्डमा मंगलबार बिहान भएको थियो। स्कुटर अनियन्त्रित भई सडक छेउको रक्षाबाहिर खस्दै खोलामा पुगेको बताइएको छ। स्कुटर खोलामा खसेको सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले तुरुन्तै उद्धार कार्य थालेको थियो।काठमाडौं प्रहरी परिसरका अनुसार स्कुटर खोलामा खसेको भए पनि मानवीय क्षति नभएको पुष्टि गरिएको छ। स्कुटरचालक सकुशल छन् र उनी सामान्य चोटपटकसहित सुरक्षित अवस्थामा रहेका छन्। सुरक्षाकर्मीको सक्रियतामा स्कुटर खोलाबाट बाहिर निकालिएको हो।प्रह

    • प्रकाशित मितिः असार १८, २०८२
    • 447 पटक पढिएको
  • विदेशमा नेपाली बाबुछोराको बदमासी, चर्चित खेलाडीको नाममा फेसबुक आईडी खोली वृद्धाबाट १० लाख ठगी

    काठमाडौं— जापानको टोकियोमा चर्चित बेसबल खेलाडी ओहतानी शोहेईको नाम र फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी खोली ८० वर्षीया वृद्धाबाट १० लाख येन ठगी गरेको आरोपमा नेपाली बाबुछोरा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ४४ वर्षीय बुबा र २६ वर्षीय छोरा रहेका छन् । उनीहरूलाई जापान प्रहरीले २४ जुनमा पक्राउ गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यम निप्पोन न्युज २४ जापानले उल्लेख गरेका छन् ।प्रहरीका अनुसार उनीहरूले सुरुमा ओहतानीको तस्बिर प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाएर वृद्धालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि ‘लाइन’ एपमार्फत पनि सम्पर्क गर्दै आफूलाई ओहतानीको रूपमा चिनाएका थिए ।मेसेजमार्फत वृद्धालाई ‘म व

    • प्रकाशित मितिः असार १८, २०८२
    • 400 पटक पढिएको
  • झापामा आठ जनामा कोरोना संक्रमण भएका व्यक्ति भेटिए

    झापा— झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जनाएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा झापाका पाँच तथा मोरङ, इलाम र दोलखाका एक(एक जना रहेको बाराकोटीले जानकारी दिए ।झापामा कोरोना संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्,' उनले भने, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'उनका अनुसार झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासह

    • प्रकाशित मितिः असार १७, २०८२
    • 568 पटक पढिएको
  • सुन जस्तो देखिने पहेँलो धातुका गहना देखाई ठगी गर्ने १ जना पक्राउ

    काठमाडौं— सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर रहेकी छन् ।उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् । असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।आरोपी मगरले  ‘प्रहरी हुँ’ भनेर प्रहरी सहायक निरीक्षक (असई)को तस्बिर देखाएर समेत ठग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल&nb

    • प्रकाशित मितिः असार १७, २०८२
    • 781 पटक पढिएको
  • कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी

    बाँके— भारतबाट आयात गरिएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना व्यक्ति बिरामी परेका छन्। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका उनीहरु बिरामी भएका हुन् । उक्त कार्यक्रममा खाएको मासुका कारण उनीहरू बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार बिरामी परेका मध्ये धेरैजसोले कुखुराको मासु, पुलाउ, र राजमा खाएका थिए। बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुखुराको मासु खानेहरू मात्र बिरामी परेका छन् । खानामा (पुलाउ, तरकारी, अचार) खानेहरू सामान्य रहेको स्वास्थ्यकर्मीक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 609 पटक पढिएको
  • बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं १६ वनस्थलीबाट सोमबार र दिनेशलाई काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो।जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सोमबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउमध्ये सविनलाई आवश्यक अनुसन्धान तथा कारव

    • प्रकाशित मितिः असार १७, २०८२
    • 459 पटक पढिएको
  • प्रतिबन्धित लागु औषधसहित विभिन्न ठाउँबाट १३ जना पक्राउ

    मकवानपुर— मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् ।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बुद्धिबहादुर, अरुण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।अवैध लागुऔषधसहित ९ जना पक्राउझापाको बिर्ता

    • प्रकाशित मितिः असार १७, २०८२
    • 511 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा