समाज

    Showing 4,651-4,660 of 6,735 items.
  • झापामा आठ जनामा कोरोना संक्रमण भएका व्यक्ति भेटिए

    झापा— झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जनाएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा झापाका पाँच तथा मोरङ, इलाम र दोलखाका एक(एक जना रहेको बाराकोटीले जानकारी दिए ।झापामा कोरोना संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्,' उनले भने, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'उनका अनुसार झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासह

    • प्रकाशित मितिः असार १७, २०८२
    • 568 पटक पढिएको
  • सुन जस्तो देखिने पहेँलो धातुका गहना देखाई ठगी गर्ने १ जना पक्राउ

    काठमाडौं— सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर रहेकी छन् ।उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् । असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।आरोपी मगरले  ‘प्रहरी हुँ’ भनेर प्रहरी सहायक निरीक्षक (असई)को तस्बिर देखाएर समेत ठग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल&nb

    • प्रकाशित मितिः असार १७, २०८२
    • 781 पटक पढिएको
  • कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी

    बाँके— भारतबाट आयात गरिएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना व्यक्ति बिरामी परेका छन्। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका उनीहरु बिरामी भएका हुन् । उक्त कार्यक्रममा खाएको मासुका कारण उनीहरू बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार बिरामी परेका मध्ये धेरैजसोले कुखुराको मासु, पुलाउ, र राजमा खाएका थिए। बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुखुराको मासु खानेहरू मात्र बिरामी परेका छन् । खानामा (पुलाउ, तरकारी, अचार) खानेहरू सामान्य रहेको स्वास्थ्यकर्मीक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 609 पटक पढिएको
  • बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं १६ वनस्थलीबाट सोमबार र दिनेशलाई काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो।जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सोमबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउमध्ये सविनलाई आवश्यक अनुसन्धान तथा कारव

    • प्रकाशित मितिः असार १७, २०८२
    • 459 पटक पढिएको
  • प्रतिबन्धित लागु औषधसहित विभिन्न ठाउँबाट १३ जना पक्राउ

    मकवानपुर— मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् ।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बुद्धिबहादुर, अरुण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।अवैध लागुऔषधसहित ९ जना पक्राउझापाको बिर्ता

    • प्रकाशित मितिः असार १७, २०८२
    • 511 पटक पढिएको
  • अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गरेको आरोपमा पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्डे छन् । आरोपित रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा  पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।  उनल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 510 पटक पढिएको
  • पत्नी हत्या घटनाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ

    रौतहट— पत्नीको हत्या गरेको आरोप लागेका एक युवकलाई रौतहट प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। इशनाथ नगरपालिका–७ निवासी फैयाद मन्सुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीन वर्षअघि श्रीमतीको हत्या गरी गहुँ खेतमा फालेर फरार रहँदै आएका मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।उनले २०७८ माघ २६ गते २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।खातुनको शव इशनाथ नपा–४, मठियास्थित भगाई साह बनियाँको गहुँको खेतमा फेला परे पनि मन्सुरी फरार थिए। 

    • प्रकाशित मितिः असार १७, २०८२
    • 527 पटक पढिएको
  • ट्रक दुर्घटनामा हुँदा चालकको मृत्यु, सहचालक घाइते

    मकवानपुर— पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चार्जिङ प्वाइन्ट नजिकै कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला लिएर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्रक चालक भारतको गाजीपुर जिल्ला, पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।उनका अनुसार ट्रकभित्र च्यापिएर अचेत भएका यादवलाई प्रहरीले उद्धार गरी तत्कालै हेटौँडा अस्पताल पुर्‍या

    • प्रकाशित मितिः असार १७, २०८२
    • 482 पटक पढिएको
  • आम सञ्चार विधेयकको शंसोधन सुझाव प्रदेश सभालाई हस्तान्तरण

    विराटनगर— कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव बिषयगत समितिलाई हस्तान्तरण गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले सोमवार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई बिधेयकको सुझाव हस्तान्तरण गरेको हो । कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रदेश सभामा दर्ता गराएको विधेयकको मस्यौदामा नागरिक समाजको तर्फबाट पत्रकार, अधिकारकर्मी, सांसदहरुसँग सुझाव संकलन गरेको अध्यक्ष मन्जिता उपाध्यायले बताइन । उनका अनुसार विधेयकको छलफलमा सञ्चार विज्ञ कमल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 422 पटक पढिएको
  • लालबन्दीमा नगर र वडा अनुदान शिक्षक ६ महिनादेखि तलबविहीन

    सर्लाही— जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलबविहीन भएका छन् । अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकहरु ६ महिनादेखि तलबविहीन भएका हुन् । आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा समेत तलब नपाएपछि उनीहरूमा गहिरो असन्तोष र निराशा बढेको छ। सो नगरपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा कार्यरत नगर तथा वडा अनुदान अन्तर्गत नियुक्त शिक्षकहरूले विगत ६ महिनादेखि पारिश्रमिक नलिई काम गर्न बाध्य भएका छन्। शिक्षकहरू विद्यालयमा नियमित शिक्षण कार्यमा संलग्न रही आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या परेको गुनासो गर्छन्। “हाम

    • प्रकाशित मितिः असार १७, २०८२
    • 1,005 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा