समाज

    Showing 4,661-4,670 of 6,735 items.
  • बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण

    मकवानपुर  -  मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ । विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै

    • प्रकाशित मितिः असार १७, २०८२
    • 229 पटक पढिएको
  • बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको काम सुरु

    बाँके— राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी रुपमा तटबन्धको काम सुरु गरिएको छ । राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने जनाउँदै जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक सातादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा. नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 487 पटक पढिएको
  • जलवायु जोखिम न्यूनीकरणका लागि प्रभावित राष्ट्रबीच दरिलो सहकार्य आवश्यक : परराष्ट्रमन्त्री राणा

    काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्।सोमबार इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को ४४औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले अब सहकार्यका कार्यक्रमलाई ढिला गर्न नहुने चेतावनी दिइन्।“यी राष्ट्रहरू जलवायु परिवर्तनको उच्च जोखिममा छन्, जसले कृषि उत्पादन र जनजीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ,” उनले भनिन्, “नेपालले हालै सगरमाथा संवादमार्फत जलवायु एजेण्डामा सहकार्यको सन्देश दिएको छ। अब सबै राष्ट्रबीच साझा उद्देश्यसहित

    • प्रकाशित मितिः असार १६, २०८२
    • 262 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बल्खुबाट पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।  रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४७ वर्षीय खड्ग बहादुर कार्की आइतबार पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बल्खुबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 466 पटक पढिएको
  • सुदूरपश्चिममा अविरल वर्षापछि उच्च सतर्कताः मुख्यमन्त्रीको सुरक्षा निकायलाई निर्देशन

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा लगातार परेको अविरल वर्षाका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र तत्काल परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।विशेषगरी कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरू भारी वर्षाले प्रभावित बनेका छन्। यी क्षेत्रका धेरै ठाउँहरू डुबानमा परेका छन् भने केही स्थान जलमग्न भएको बताइएको छ।मुख्यमन्त्री शाहले नागरिकहरूलाई बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट जोगिन सावधानी अपनाउन र सम्भावित जोखिमको ख्याल गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।यसैबीच, मोहना नदीमा पानीको सतह बढ्दो क्रममा रहेको र बाढीले

    • प्रकाशित मितिः असार १६, २०८२
    • 415 पटक पढिएको
  • युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली युवाहरूले ‘देशमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास विकास गर्नु आवश्यक रहेको बताएका छन्।राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले युवाहरूलाई देशको प्रमुख शक्ति स्रोतको रूपमा उल्लेख गर्दै उनीहरूले स्वदेशमै उद्यम गर्नुपर्नेमा जोड दिए।उनले बाध्यतापूर्ण वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम अघि सारिएको जानकारी गराए।“वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हैन,” मन्त्री भण्डारीले भने, “जो जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 317 पटक पढिएको
  • यौन दुर्व्यवहारको आरोपमा इलाममा शिक्षक पक्राउ

    इलाम— इलामको माई नगरपालिका–२ का एक शिक्षकमाथि दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक तथा शिक्षक हुन्। प्रहरीका अनुसार ११ र १४ वर्षीया दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई गए राति आफ्नै घरबाट पक्राउ गरिएको हो।प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ। इलामका डिएसपी मानबहादुर राईका अनुसार उजुरीका आधारमा ढकालविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रि

    • प्रकाशित मितिः असार १६, २०८२
    • 436 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— बहुमूल्य धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको मूल्य अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो ।त्यसैगरी चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 421 पटक पढिएको
  • पहिरो हटेसँगै कर्णाली राजमार्ग सञ्चालनमा

    कालीकोट— कर्णाली राजमार्गमा खसेको पहिरो हटाएसँगै राजमार्ग फेरि सुचारु भएको छ। कालीकोट जिल्लाको जिते नजिक खसेको पहिरोका कारण जिते–मान्म सडकखण्ड आज बिहानदेखि अबरुद्ध भएको थियो।लगातारको वर्षापछि सडकको चट्टान खसेर पहिरो जाँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला र मुगुबाट सुर्खेततर्फ जान तयारी अवस्थामा रहेका सवारी साधन रोकिएका थिए। यात्रुहरूले लामो समय सास्ती खेप्नुपरेको थियो, विशेषगरी पहिरो खसेको स्थानमा होटल वा पसल नभएको कारण समस्या झनै बढेको थियो।खाँडाचक्र–१ का स्थानीय मिलन खड्काका अनुसार वर्षा सुरु भएसँगै राजमार्गका विभिन्न स्थानमा पहिरो झर्ने क्रम बढ्दो छ। विशेषगरी स्थानीय तहबाट खनिएका सहायक सडक र

    • प्रकाशित मितिः असार १६, २०८२
    • 390 पटक पढिएको
  • अविरल वर्षाले धनगढीका बस्ती डुबानमा, सडक र पसल जलमग्न

    कैलाली — गए रातिदेखिको लगातार वर्षाका कारण धनगढी बजार र आसपासका धेरै क्षेत्र आज बिहानदेखि जलमग्न भएका छन्। विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार र कटान गाउँको दक्षिण क्षेत्रमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन्।भारी वर्षाले सडक र नालीहरू भरिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। धेरै पसलहरू पनि पानीमा डुबेका छन्। स्थानीयहरूका अनुसार, पुराना र अव्यवस्थित नाली तथा पानी निकास प्रणाली प्रभावकारी नहुँदा वर्षात्को समयमा डुबानको समस्या बारम्बार दोहोरिँदै आएको छ।वर्षैपिच्छे डुबानको समस्या हुनुमा खोलानाला अतिक्रमण प्रमुख कारण रहेको स्थानीयवासीहरू बता

    • प्रकाशित मितिः असार १६, २०८२
    • 279 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा