समाज

    Showing 4,691-4,700 of 6,735 items.
  • ७५ किलोग्राम गाँजा सहित तीन जना पक्राउ

    विराटनगर— लागू औषध गाँजा सहित तीन जना विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीको सक्रियता तथा चेकजाँचका क्रममा विराटनगर, झापा र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित प्रहरी चौकी भरौलको टोलीले असार १२ गते चेकजाँचका क्रममा को. १ ह ९५१० नम्बरको अटोभित्र लुकाइछिपाइ राखिएको ७५ किलोग्राम गाँजा बरामद गरेको छ। उक्त अटो चालक, ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय सुरतलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६ की ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–१ मा निर्माणाधीन पुलमा काम गरिरह

    • प्रकाशित मितिः असार १५, २०८२
    • 533 पटक पढिएको
  • सुर्यविनायकमा टिप्पर अनुगमनका क्रममा तनाव, महिला पत्रकारमाथि दुर्व्यवहारको आरोप

    भक्तपुर— सुर्यविनायक नगरपालिका–५ स्थित कटुन्जे क्षेत्रमा स्थानीय नियम विपरीत गएराति ९ बजे अघि सञ्चालनमा आएको टिप्पर अनुगमन गर्ने क्रममा सुर्यविनायक–कटुन्जे प्रहरी चौकी र स्थानीयबीच अवस्था तनावपूर्ण बनेको छ। नियम कार्यान्वयन गर्न खोज्दा प्रहरीको कदम सराहनीय देखिए पनि त्यसपछि देखिएको व्यवहारले विवाद निम्त्याएको हो।प्राप्त जानकारी अनुसार, गएराति करिब ८ः३० बजे सवारी चालकले आवश्यक कागजात नदेखाएपछि प्रहरी र चालकबीच भनाभन भएको थियो। प्रहरी र चालकबीच भनाभन भएपछि स्थानीय बासिन्दाहरू सडकमा आएर घटनास्थल घेरेका थिए। घटनामा चर्को स्वर सुनिएपछि नजिकै बसोबास गर्ने दुई महिला पत्रकार घटनास्थलमा पुगेर घटना

    • प्रकाशित मितिः असार १५, २०८२
    • 807 पटक पढिएको
  • १२ जिल्लामा दुई दिन भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका पश्चिमी भागका १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको बताएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा ती जिल्लाहरूमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जानकारी दिए ।जोखिममा परेका जिल्लाहरूमा सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ रहेका छन्। यस्तै, अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जना

    • प्रकाशित मितिः असार १५, २०८२
    • 436 पटक पढिएको
  • घर ढलानको भोजमा विषालु च्याउ खाँदा १६ जना बिरामी

    नवलपरासी— नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउ खाएघर ढलानको भोजमा च्याउ खाएर बिरामी परेका हुन् ।च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का

    • प्रकाशित मितिः असार १५, २०८२
    • 363 पटक पढिएको
  • आज असार १५ः दही चिउरा खाई धान दिवस मनाइँदै

    काठमाडौं— आज असार १५, देशभर दही चिउरा खाई खेतमा रमाउँदै धान दिवस मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, लोकगीत गाएर रमाइलो गरिरहेका छन्।शारीरिक थकान हटाउन र ऊर्जा सञ्चय गर्न दही चिउरा खाने परम्परा छ। खेतीपातीमा नभएका नागरिकले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्छन्।नेपाली संस्कृतिमा दही शुभताको प्रतीक हो । घरबाट निस्किँदा, विदेश जाँदा दहीसँग टीका लगाउने चलन छ। आयुर्वेदमा पनि दही र मोहीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ।२०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। खेतमा रोपाइँ गर्दै लोकदोहोरी गाउने, हिलो छ्यापाछ्याप गर्ने चलनले यो दिन अझै रङ्गीन बनाउँछ।तर, यस वर्ष अस

    • प्रकाशित मितिः असार १५, २०८२
    • 499 पटक पढिएको
  • धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

    धरान - धरान -१० मा मोटरसाइकलमा एक युवामाथि आफ्नै साथीहरूले खुँडा प्रहार गरेका छन् ।आपसी विवादमा धरान -२० का समिर राईमाथि उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ । उनको ढाडमा चोट लागेको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 399 पटक पढिएको
  • डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

    डोल्पा -  डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।  गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 

    • प्रकाशित मितिः असार १३, २०८२
    • 222 पटक पढिएको
  • जुवातास खेलिरहेका अवस्थामा पाँचजना पक्राउ

    काठमाडौं —  काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवा खेलिरहेका बेला उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ८५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 484 पटक पढिएको
  • चोरीमा संलग्न तीन भारतीय महिला विराटनगरबाट पक्राउ

    विराटनगर— विराटनगरमा चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।उनीहरु भारतको पुर्णियाबाट आएको २० देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन।  उनीहरूलाई विहीबार १२ गते विराटनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । महिलाहरूले विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधन प्रयोग गरी वृद्ध तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै नगद तथा गरगहना चोरी गर्ने कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपि

    • प्रकाशित मितिः असार १३, २०८२
    • 600 पटक पढिएको
  • बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका

    • प्रकाशित मितिः असार १३, २०८२
    • 594 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा