समाज

    Showing 4,701-4,710 of 6,735 items.
  • शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

    कञ्चनपुर, १३ असारः शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार चालु आवमा बर्थिङ सेटरमा सुत्केरी भएका ३०२ महिलामध्ये २० वर्ष मुनिका ३० जना रहेका छन् । गत वर्ष त्यो सङ्ख्या २८ रहेको थियो । उमेर नपुगिकनै आमा बन्ने किशोरीको उमेर १६ देखि १९ वर्ष रहने गरेको छ । बीस वर्ष मुनिका किशोरीमा गर्भाधारणका लागि शरीर परिपक्व नहुँदा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टल

    • प्रकाशित मितिः असार १३, २०८२
    • 336 पटक पढिएको
  • ‘छोरी काखामा, बचत खातामा’

    गण्डकी, १३ असारः कास्कीको रुपा गाउँपालिकाले ‘रुपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम निजको खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आपत्कालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपत्मा परेक

    • प्रकाशित मितिः असार १३, २०८२
    • 305 पटक पढिएको
  • रुकुम पश्चिममा वाईसीएल नेता बलात्कार आरोपमा पक्राउ

    रुकुम पश्चिम— रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) का एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाईसीएल कर्णाली प्रदेश समिति सदस्य  ३० वर्षीय रेशम खत्री रहेका छन् ।खत्रीविरुद्ध १८ जेठमा पीडित किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए । जाहेरीपछि प्रहरीले अनुसन्धान गरेपछी खत्री फरार रहेका थिए।सानोभेरी गाउँपालिकामा लुकीछिपी बसिरहेको भन्ने सूचना पाएपछि पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए। उनका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।खत्री सत्तारूढ नेकप

    • प्रकाशित मितिः असार १३, २०८२
    • 549 पटक पढिएको
  • “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस् भनि प्रहरीलाई सूचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्धता सहित लागू औषधविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

    सुनसरी— लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा सुनसरीमा प्रभातफेरी, झाँकी तथा नृत्य प्रस्तुतिसहित लागू औषधविरुद्ध सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय सुनसरी र Fight Against Narcotics (FAN) जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तथा इनरुवा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।इनरुवा नगरपालिका–३ स्थित ओम साई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका माननीय मुख्यमन्त्री  हिक्मत कुमार कार्की, विशिष्ट अतिथिका रुपमा आन्तरिक मामिला त

    • प्रकाशित मितिः असार १३, २०८२
    • 506 पटक पढिएको
  • पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 292 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 339 पटक पढिएको
  • सुन तोलामा २ हजार ९ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदी शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 396 पटक पढिएको
  • ८ जिल्लामा ‘एल्लो अलर्ट’, सतर्कता अपनाउन बाढी महाशाखाको सुझाव

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार ८ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।बाढी महाशाखाका अनुसार शुक्रबारसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।यस्तै काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ, मकवानपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 493 पटक पढिएको
  • सामाजिक सञ्जाल मार्फत २३ लाखभन्दा बढी रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल फेसबुक र टेलिग्राम ग्रुपको दुरुपयोग गरेर २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ बस्ने १९ वर्षीय क्रिस पोखरेल छन् । समिर तामाङ नामको आइडीबाट फर्निचरमा लगानी गर्दा फाइदा हुने प्रलोभन देखाएर तथा अनलाइन जब लगाइदिने बहानामा उनीहरूले ठगेर फरार भएका हुन् ।असार ११ मा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानक

    • प्रकाशित मितिः असार १३, २०८२
    • 531 पटक पढिएको
  • श्रीमतीसँगको सम्बन्धमा शंका लागेपछि बञ्चरो प्रहार गरी दाजुले गरे भाइको हत्या

    अर्घाखाँची— श्रीमतीसँग अवैध सम्बन्ध राखेको आशंकामा एक व्यक्तिले आफ्नै सहोदर भाइको हत्या गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा भएको घटनामा ४२ वर्षीय टेकबहादुर बादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर बादीलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार हत्या आरोपी टेकबहादुरलाई बिहीबार पक्राउ गरिएको हो। उनी भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्।स्थानीयका अनुसार अविवाहित ओमबहादुरको घरमा आचरणको विषयमा पहिल्यैदेखि विवाद हुँदै आएको थियो। तीन दाजुभाइमध्ये ओमबहादुर माइला दाजु टेकबह

    • प्रकाशित मितिः असार १३, २०८२
    • 523 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा