समाज

    Showing 4,711-4,720 of 6,735 items.
  • नुवाकोटमा बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

    नुवाकोट— नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।बेपत्ता हुनुहुनेमा अविरल वर्षापनि खोलामा पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता बलामीको  खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको उनले बताए ।सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाको

    • प्रकाशित मितिः असार १३, २०८२
    • 445 पटक पढिएको
  • "जसलाई जीवन ठानेकी थिइन्, उहीले एक्लो बनाए: मनिकाको अन्तरजातीय विवाहको मूल्य"

    गोरखा — असारको तातो गर्मी, जस्ताले छाएको साँघुरो एक कोठे टहरो, झ्याल छैन, एउटा मात्र ढोका छ। यही 'कालकोठरी'मा पसिना चुहाउँदै ओत लागिरहेकी छिन् २१ वर्षीया मनिका परियार र उनका एक महिनाका नवजात छोरा। आफ्नै नाममा माटोको धुलोसमेत नरहेको उनी, काकी पार्वती परियारको टहरोमा शरण लिएकी छन्।गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी मनिका जेठ १० गते गोरखा अस्पतालमा आमाबनेकी हुन्। गर्भ रहँदै पतिबाट तिरस्कृत, परिवारबाट बहिष्कृत, माइतीको साथसमेत नपाएकी मनिकाका लागि छोरै एक मात्र सहारा बनेको छ।तर जब उनलाई सोधियो, "छोराको नाम के राख्नु भयो त?" — उनी छाँगाबाट खसेझैँ भइन्। "न्वारानै गर्न पाइएन, नाम सोचिएको छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 331 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको नौ लाख लुटपाट संलग्नताको आरोपमा एक पक्राउ

    सिराहा — ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी (सुजन) हुन्।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार, लोहनी २०७९ साल फागुन १० गते सिराहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा भएको लुटपाट घटनामा संलग्न थिए। उनी भारतमा लुकेर बसेको अवस्थामा आज सिराहा नगरपालिका–१७, खैरटोकाबाट विशेष प्रहरी टोलीद्वारा पक्राउ परेका हुन्।उक्त दिन मिर्चैया शाखाबाट बैंकका कर्मचारीले ल्याउँदै गरेको ९ लाख रुपैयाँ लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाई लुटेका थिए। उनीहरूले यामा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 360 पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 396 पटक पढिएको
  • भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

    महेन्द्रनगर -  भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरुले आफुहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन् । बुधबार अपरान्ह पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरुले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दलालहरुले चरम यातना समेत दिएको बताए ।  भनेको नमाने कुटपिट समेत गर्ने गरेको पनि उनीहरुले बताए ।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो ।उद्धार गरिएको मन

    • प्रकाशित मितिः असार १२, २०८२
    • 320 पटक पढिएको
  • जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

    काठमाडौं -  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाकार छ, हुन्छ । जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन बजारमा मलको माग ११ लाख देखि १३ लाख टनको छ । एक चौथाइ मलले कसरी किसानलाई पुर्ति गर्न सकिन्छ । राज्यप्रति दायित्व भइसकेपछि&nb

    • प्रकाशित मितिः असार १२, २०८२
    • 376 पटक पढिएको
  • लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

    काठमाडौं— खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागुऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताउनुभयो ।‘‘यस्ता रचनामूलुक कार्यक्रम निरन्तर रुपमा भइराख्न जरुरी हुन्छ,’’ उनले भने,‘‘यो सुरुआत मात्रै हो ।प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनी रोकथाम तथा न

    • प्रकाशित मितिः असार १२, २०८२
    • 434 पटक पढिएको
  • टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेका भारतीय युवक मृत भेटिए

    काठमाडौं— कपिलवस्तुमा टिकटक भिडिओ बनाउन खोलामा हाम फालेपछि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, पकडी कपिलवस्तुका अनुसार सुन्दर गाउँपालिका–६, गौरास्थित खोलामा हाम फालेका २१ वर्षीय इशक मुसलमानको शव बुधबार फेला परेको हो ।मुसलमान नेपालमा आफ्नो मामाघर आएका प्रहरी निरीक्षक सुवास खतिवडाले जानकारी दिए । सोमबार गर्मी छल्न भन्दै उनी नाता पर्ने दुई भाइसँग खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनले टिकटकका लागि भिडियो बनाउने भन्दै खोलामा डाइभ हान्ने योजना बनाएका थिए ।“म डाइभ हान्छु, भिडियो खिचेर टिकटकमा हाल्ने भन्दै उनले भाइलाई मोबाइल खिच्न दिएका रहेछन्,” प्रह

    • प्रकाशित मितिः असार १२, २०८२
    • 431 पटक पढिएको
  • ५३ वर्षीया महिला बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

    बारा— बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका– ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई ​बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 416 पटक पढिएको
  • स्कोरपियोको ठक्करबाट २५ वर्षीय ठाकुरको मृत्यु

    सुनसरी— सुनसरीस्थित बर्जु गाउँपालिका–१ को शुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। विराटनगरबाट चिमडीतर्फ जादै गरेको स्कोरपियोको ठक्करबाट सोही दिन साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो। हालसम्म नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको निधन भएको हो। ठक्करपछि फरार चालक र स्कोरपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असार १२, २०८२
    • 490 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा