समाज

    Showing 4,741-4,750 of 6,735 items.
  • प्रतिबन्धित लागू औषधसहित झापा, मोरङ र धनकुटाबाट ८ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ। असार ९ गते भएका विभिन्न प्रहरी कारबाहीमा ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल र भोमिन ट्याब्लेट बरामद गरिएको हो।मोरङको सुनवर्षी नगरपालिका–८ स्थित सिक्टीबाट डाइनिया तर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई चेकजाँच गर्दा त्यसमा सवार १९ वर्षीय अकमल मियालाई ४२ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।यसैगरी, लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका लम्जुङका २५ वर्षीय रामकुमार गुरुङ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 313 पटक पढिएको
  • यातायात सेवा दुरुपयोगमा संलग्न ६ बिचौलिया गुर्जुधाराबाट पक्राउ

    काठमाडौं— चन्द्रागिरी नगरपालिका– ५ स्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ घर भएका २९ वर्षीय विकाश तामाङ, मकवानपुर घर भएका २५ वर्षीय सुशील अधिकारी, सर्लाही घर भएका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ ल्हो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखा घर भएका २४ वर्षीय राजीव खत्री छन् ।  उनीहरुले मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग  ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोपमा छ ।आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट

    • प्रकाशित मितिः असार ११, २०८२
    • 393 पटक पढिएको
  • धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी कार्य जारी

    धादिङ— धादिङको गल्छी गाउँपालिका–१ मा एक महिला त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।उनका अनुसार घटनापछि गिरीको खोजी कार्य सुरु गरिएको छ। खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको थापाले बताए।हालसम्म महिलाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। खोजी कार्य जारी रहेको प्र

    • प्रकाशित मितिः असार ११, २०८२
    • 466 पटक पढिएको
  • खैरो हिरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— लागू औषधको कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई काठमाडौंको एक होटलबाट २८.५७ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४० वर्षीय दिपक राय र जिल्ला नुवाकोट, मेघाङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरीको एक होटलमा खैरो हिरोइनको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले होटलको कोठा नं.४०१ मा छापा मार्दा दुई जना व्यक्ति लागू औषधसहित पक्राउ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 423 पटक पढिएको
  • सफाइ पाएका व्यक्तिले गरे अनुसन्धान अधिकृतको ‘बर्थ डे सेलेब्रेसन’

    राजविराज — जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएलगत्तै अभियुक्तले जिल्ला प्रहरी कार्यालय सप्तरीको डिएसपी निवासमै भव्य पार्टी आयोजना गरेको घटना सार्वजनिक भएको छ।राजविराज नगरपालिका–६ का आकाश आदर्शले ४ जेठमा सप्तरी जिल्ला अदालतबाट सफाइ पाएपछि भोलिपल्टै ५ जेठमा प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिनको बहानामा प्रहरी परिसरभित्रै पार्टी आयोजना गरेका थिए। श्रेष्ठ नै उक्त मुद्दाका अनुसन्धान अधिकृत थिए। पार्टीमा डीएसपी जितेन्द्रकुमार बस्नेत, निरीक्षक श्रेष्ठ, प्रहरी निरीक्षक उदयकुमार राई र अभियुक्त आदर्श स्वयं सहभागी थिए।आरोपका अनुसार, आदर्शले आफैं सञ्चालन गरेको राजविराजस्थित ‘तन्दुरी रेस्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 236 पटक पढिएको
  • फेसबुकमा 'बैंक म्यानेजर' बनेर अपुताली सम्पत्तिको बहानामा लाखौं ठगी गर्ने मेहता भारतबाट पक्राउ

    धरान — फेसबुकमार्फत ठगी धन्दा चलाउने सुनसरीको देवानगन्ज गाउँपालिका–१ का कुशेश्वर मेहता भारतको भिमनगरबाट पक्राउ परेका छन्।सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामक फेक आइडी बनाएर थाइल्यान्डको Siam Commercial Bank को म्यानेजरको नक्कली परिचय दिंदै ठगी गर्दै आएका थिए।उनले कुर्मराज शाही नामका व्यक्तिलाई "एलेन अर्बी शाही" नामको खातामा रहेको अपुताली सम्पत्ति हस्तान्तरण गरिदिने बहानामा झुठो विश्वास दिलाउँदै विभिन्न मितिमा करिब ६२ लाख ७५ हजार २ सय रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।शाहीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी योगराज खतिवडाको

    • प्रकाशित मितिः असार ११, २०८२
    • 254 पटक पढिएको
  • श्रीमान–श्रीमतीले भिरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    चितवन— चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादपछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। हामफाल्ने घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।मंगलबार (हिजो) ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद भएको बताइएको छ। विवादपछि कुमारीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार घटनास्थलमै कुमारीको मृत्यु भएको हो।कुमारीले हाम फालेपछि उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए। उनी गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले

    • प्रकाशित मितिः असार ११, २०८२
    • 327 पटक पढिएको
  • नेपाल टेलिकमले अनलाइन मिडियालाई विज्ञापन दिँदै

    काठमाडौं— नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण(पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण(पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०

    • प्रकाशित मितिः असार ११, २०८२
    • 375 पटक पढिएको
  • ४४५ गाउँपालिकाले ल्याए बजेट, १५ गाउँपालिकाद्वारा कानुन उल्लङ्घन

    काठमाडौं— प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्  ।गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ ।महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका

    • प्रकाशित मितिः असार ११, २०८२
    • 556 पटक पढिएको
  • विद्युत प्राधिकरणको लापरवाही : करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

    मुगु -  मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१०

    • प्रकाशित मितिः असार १०, २०८२
    • 344 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा