समाज

    Showing 4,751-4,760 of 6,735 items.
  • बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

    बर्दिया  -  बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो

    • प्रकाशित मितिः असार १०, २०८२
    • 336 पटक पढिएको
  • एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं -  एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् । नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 330 पटक पढिएको
  • पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर (झापा), १० असार : चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।  मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात्  रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 262 पटक पढिएको
  • सोलुखुम्बुमा चट्याङ लागेर दुईवटा भैसी मरे

    सोलुखुम्बु— सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१, नेले तुम्सेमा चट्याङ लागेर एक गर्भवती भैँसी र पाडिको मृत्यु भएको छ।शनिबार दिउँसो करिब ३ः५५ बजे परेको चट्याङले स्थानीय एक कृषकको गोठमा क्षति पुर्‍याएको हो। घटनामा मानवीय क्षति नभए पनि कृषकलाई ठूलो आर्थिक नोक्सानी भएको छ।चट्याङपछिको उद्धार कार्य स्थानीयवासीको सहयोगमा सम्पन्न गरिएको जनाइएको छ।मौसममा अचानक आएको खराबी र चट्याङको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीहरूलाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

    • प्रकाशित मितिः असार ९, २०८२
    • 417 पटक पढिएको
  • मुगुमा ट्याक्टर ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

    मुगु— मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई झन्डै ७०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया शारदा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टर चालकसहित अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको प्रहरीको भनाइ छ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः असार ९, २०८२
    • 540 पटक पढिएको
  • प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतमा आर्थिक अनियमितता गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अस्पतालको बिलिङ काउन्टरबाट उठेको रकम बैङ्कमा दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरिएको पाइएको छ। यस सम्बन्धमा आयोगले लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करार सेवामा कार्यरत तृप्ति शाही ठकुरी (उर्फ तृप्ति शाही) र कुमारी बैङ्कको एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।तीनै जनाविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दि

    • प्रकाशित मितिः असार ९, २०८२
    • 479 पटक पढिएको
  • प्रधानमन्त्रीसमक्ष सहकारी महासङ्घको ध्यानाकर्षण पत्र

    काठमाडौं— प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत सङ्कलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्नेलगायत माग राखिएको छ । नेकपा (एमाले) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, पूर

    • प्रकाशित मितिः असार ९, २०८२
    • 645 पटक पढिएको
  • श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सोनिया मुसहर रहेका छन्।असार ७ गते राति सामान्य वादविवादका क्रममा श्रीमती ढलीसदा मुसहरलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। कुटपिटपछि अवस्था बिग्रँदै जाँदा असार ९ गते बिहानै उनको आफ्नै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सोनिया मुसहरलाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमार्फत थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।प्रहरीले घटनाको प्रकृति गम्भीर भएकाल

    • प्रकाशित मितिः असार ९, २०८२
    • 584 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित ५ जना विभिन्न स्थानबाट पक्राउ

    विराटनगर— मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरबाट ४१० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका २४ वर्षीय पुष्पलाल डाँगी र २३ वर्षीय अनिल राईलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ बाट ९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ का २९ वर्षीय सरोज आचार्यलाई पक्राउ गरेको छ।यस

    • प्रकाशित मितिः असार ९, २०८२
    • 450 पटक पढिएको
  • चोरीमा संलग्न ३ जना विभिन्न जिल्लाबाट पक्राउ

    विराटनगर — चोरीका तीन फरक घटनामा संलग्न तीन जनालाई प्रहरीले उदयपुर, झापा र मोरङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का २९ वर्षीय कबिन उर्फ निरोज लामा, झापाको कन्काई नगरपालिका–३ का २६ वर्षीय विनोद बर्देवा, र मोरङको धनपालथान गाउँपालिका–४ का १९ वर्षीय जोसेफ हेमरम रहेका छन्।२०७८ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थित पदम राईको घरबाट ४ तोला सुनको गहना चोरी भएको घटनामा संलग्न रहेको आरोपमा निरोज लामालाई प्रहरीले असार ७ गते गाउँघरमै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट पक्राउ गरेको हो।यस्तै, २०८२ साल असार ८ गते झापाको कनकाई नगरपा

    • प्रकाशित मितिः असार ९, २०८२
    • 472 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा