समाज

    Showing 4,751-4,760 of 7,638 items.
  • रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने

    रौतहट – रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो । मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । उनका अनुसार  बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय  गरेको छ  । रासायन

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 352 पटक पढिएको
  • पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको भ्रष्टाचारको आरोप

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध झन्डै ९७ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगको अनुसन्धान अनुसार यादवले २०६६ सालदेखि २०७९ सालसम्मको अवधिमा तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जोडेका थिए। तर, उनी र उनका परिवारको नाममा देखिएको आम्दानी जम्मा दुई करोड ६८ लाख रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ।यसरी करिब ९७ लाख रुपैयाँको सम्पत्तिको स्रोत नखुलेपछि यादवले गैरकानुनी रूपमा सम्पत्ति जोडेको ठहर गर्दै मुद्दा दायर गरिएको हो। तीमध्ये केही सम्पत्ति पत्नी आशाकुमारी यादवको नामम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 462 पटक पढिएको
  • नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रकमा ढुंगा खस्दा तीन घाइते

    काठमाडौं – नारायणघाट-मुग्लिन सडकको तुइन खोला पुल नजिकै ट्रकमा ढुंगा खसेको छ। प्लाइउड बोकेको भारतीय नम्बर प्लेटको ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर तीन जना घाइते भएका छन्।ट्रक चालक भारतको बैंगलुरूका ४५ वर्षीय मेगु प्रसाद, २१ वर्षीय नहमान धुनियाँ र १८ वर्षीय सयद अफिद घाइते भएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ। सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।सडकमा खसेको ढुंगा पन्छाएर यातायात सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माले जानकारी दिए। सडक डिभिजन कार्यालय भरतपुरले वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 490 पटक पढिएको
  • डा. महतको प्रस्ताव : योग्यता भए विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिन सकिने

    काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास (पीआर) लिएका नेपाली नागरिकलाई पनि योग्य भएमा सरकारी जिम्मेवारी दिन सकिने प्रस्ताव गरेका छन्।संसद्को अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले सरकारले नीति निर्धारण गरेपछि कार्यान्वयनको जिम्मा योग्य व्यक्तिलाई दिनुपर्नेमा जोड दिए।उनले उदाहरण दिँदै भने, “अमेरिका, युरोपका ट्रिलियन डलरका कम्पनीहरू विदेशीहरूले चलाइरहेका छन्, इन्डियनहरूले नेतृत्व लिएका छन्। काम गर्नसक्ने क्षमतावान व्यक्ति हो भने विदेशी नागरिक वा पीआर होल्डरलाई पनि सीईओ बनाउनुमा कुनै आपत्ति हुनु हुँदैन।”उन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 624 पटक पढिएको
  • कञ्चनपुरमा एक महिलाको शव फेला

    कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बेलौरी नगरपालिका–७ र ८ को सीमानामा पर्ने खप्टीनाला नजिक ४२ वर्षीया बिन्दु चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मृतक चौधरी बेलौरी नगरपालिका–८ की बासिन्दा हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि अस्वस्थ थिइन् र आफैंसँग बोल्ने जस्ता लक्षण देखिन थालेपछि परिवारले एक साताअघि झारफुकका लागि उनलाई बुटाबारीमा बसोबास गरिरहेकी फुपुकोमा पठाएका थिए।चौधरी हिजो मात्रै फुपुको घरबाट फर्किएकी थिइन्। बेलौरी बजारमा ओर्लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। परिवारले खोजतलास गर्दा शुक्रबार बिहान उनको शव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 498 पटक पढिएको
  • चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

    काठमाडौं— देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपतिहरूले शपथ लिएका हुन्।शपथ लिनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनियुक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 566 पटक पढिएको
  • रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते, एक जनाको अवस्था गम्भीर

    रसुवा— रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा पासाङल्हामू मार्ग अन्तर्गत बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २ बजे सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो।प्रहरी निरीक्षक राजु शाहले दुर्घटनामा परेका सबै घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको जानकारी दिएका छन्। बसमा कति जना यात्रु थिए भन्नेबारे थप विवरण आउन बाँकी छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 458 पटक पढिएको
  • नागढुङ्गा सुरुङ मार्गको दस्तुर तोकियो, मोटरसाइकललाई निषेध गरियो

    काठमाडौं— सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले दस्तुर दर निर्धारण गरेको हो।निर्धारित दस्तुरअनुसार साना सवारी साधन (कार तथा भ्यान) काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा ट्रकका लागि भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।त्यस्तै, ठूला बस र ट्रकहरूले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणसहितका सवारी साधनले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।सुरक्षा तथा प्रविधिगत कारण द

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 544 पटक पढिएको
  • किशोरी बलात्कृत आरोपमा एक पुरुष जना पक्राउ

    कैलाली— १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 470 पटक पढिएको
  • पशुपतिमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री, दुई जना पक्राउ

    काठमाडौं— पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गर्ने गरेका थिए।प्रहरीका अनुसार, गत साउन २३ गते बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेका बेला शंकास्पद गतिविधि देखिएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 539 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा