समाज

    Showing 4,781-4,790 of 6,735 items.
  • गुल्मीको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध, यात्रु र स्थानीयवासी समस्यामा

     गुल्मी— कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक खण्डमा सुक्खा पहिरो खसेपछि गुल्मीको कालीगण्डकी करिडोर सडक गत शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। तीन दिन बितिसक्दा पनि सडक खुल्न नसक्दा यात्रु र स्थानीयवासीलाई गम्भीर समस्या भएको छ।सडक अवरुद्ध हुँदा गाउँपालिका केन्द्र पुर्तिघाट र त्यहाँबाट बुटवलतर्फ जाने सवारीसाधन बाटोमै अलपत्र परेका छन्।कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार पहिरो खसेको स्थानमा तीनवटा डोजर तयारी अवस्थामा राखिएको छ तर सडकभन्दा माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारु

    • प्रकाशित मितिः असार ८, २०८२
    • 143 पटक पढिएको
  • पर्सामा गाडी र मोटरसाइकल ठोकिँदा आगो लाग्यो, एक जनाको मृत्यु

    वीरगन्ज— पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटना

    • प्रकाशित मितिः असार ८, २०८२
    • 115 पटक पढिएको
  • ६० किलो सुन तस्करीका आरोपित रोका पक्राउ

    काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलो सुन तस्करीका आरोपित कमला रोकालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युटन नोटिस जारी भएको थियो ।उनी तिब्बतियन नागरिक दावा लामाकी श्रीमती हुन् । लामा पुर्पक्षकाका लागि थुनामा छन् । लामाले नेपाली नक्कली नागरिकता लिएको खुलेको थियो ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 313 पटक पढिएको
  • अशोक स्टिलमा काम गर्ने क्रममा मजदुर घाइते

    सिमरा— जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टिल उद्योगमा काम गर्ने क्रममा एक मजदुर घाइते भएका छन्।घाइते हुनेमा २० वर्षीय स्थानीय अनिल पासवान रहेका छन्। ग्याँसको पाइप फुत्किँदा उनको अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेको हो।पासवानको सिमरास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेद जोशीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ।वडाध्यक्ष दीपेन्द्र चौधरीले पनि पासवानको अवस्था गम्भीर नरहेको पुष्टि गरेका छन्।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 271 पटक पढिएको
  • संक्रमणकालीन न्यायका विषयमा ओली, देउवा र प्रचण्डबीच छलफल

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको हो । उनीहरूबीच संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ संक्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 191 पटक पढिएको
  • जिप्रकाले तोकिएका निषेधित क्षेत्र खुला गर्यो

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला गरेको छ। राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा—जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। तर अब प्रशासनले त्यो निषेधाज्ञा फिर्ता लिइएको जानकारी गराएको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२/०२/१८ गतेको आदेशमार्फत काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई

    • प्रकाशित मितिः असार ६, २०८२
    • 265 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।यसअघि बिहीबार सुन तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 235 पटक पढिएको
  • फलामको पुल बेच्ने वडाअध्यक्ष थुनामा, अर्का वडाअध्यक्ष फरार

    काभ्रे— काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलका फलामे पाटपुर्जा बिक्रीमा संलग्न भएको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।उनीसँगै पक्राउ परेका कबाडी व्यवसायी मन्टुकुमारलाई पनि थुनामा पठाइएको छ भने चालकहरू तारेखमा रिहा भएका छन् । कबाडी कर्मचारी जितेन्द्र पासवानलाई धरौटीमा छाडिएको छ ।नमोबुद्ध–६ का वडाध्यक्ष केसीको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न अनुमति दिइएको छ, तर उनी फरार छन् । पुलका पाटपुर्जा कार्यपालिक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 295 पटक पढिएको
  • न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

    रौतहट ६ असार। पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ। स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  । नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले  न्यायका लागि अपिल समेत गरेका छन्। कटहरिया नगरपालिका–५ मा वैशाख २८ गते भएको सानिया प्रविनको मृत्यु प्रकरणमा पीडित परिवारले न्यायका लागि पहल गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 132 पटक पढिएको
  • विराटनगरमा मिटरब्याज आतंक : ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

    विराटनगर - सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जि

    • प्रकाशित मितिः असार ६, २०८२
    • 224 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा