समाज

    Showing 5,791-5,800 of 6,767 items.
  • माइत जान घरबाट हिँडेकी महिला मृत फेला

    सल्यान / माइती जान भनेर घरबाट हिँडेकी बागचौर नगरपालिकाकि एक महिला मृत फेला परेपछि घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी रामकली खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।मृतकको शरीरको घाउ खत हेर्दा उनलाई गाडीले किचेकोजस्तो देखिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताएका छन् । ‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन उक्त समयमा सञ्चालनमा आएको नदेखिएकाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको उनले बताएका छन् । मृतकको कान, ढाड, हातमा गाडीले कुल

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 578 पटक पढिएको
  • एक सातादेखि लघुवित्तकी कर्मचारी बेपत्ता

    सोलुखुम्बु / सोलुखुम्बुको सोताङ गाउँपालिका –१ को एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता भएकी छिन् । सोताङको हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत असोज आठ गते (शुक्रबार) देखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविता कटवालले जानकारी दिइन् । कटुवालका अनुसार कार्कीले अपराह्न चार बजेर २२ मिनेट जाँदा साथीलाई सन्देश पठाएको र चार बजेर २५ मिनेट जाँदा मोबाइल अफ भएको छ।मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोसी –६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्ने क्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनक

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 191 पटक पढिएको
  • रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

       रौतहट //रौतहटमा ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।गएराती ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका -२ जुडीबेला का सोनालाल चौधरीको ज्यान  गएको हो। यु पी ३५ ए टी ४२७३ भारतीय नम्बरको ट्रकले चादीपुल नजिकै चौधरीले चलाएको ना ३५ प १८ ९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै ज्यान गएको रौतहट प्रहरीले जानकारी गराएको छ। मृतक चौधरी जनज्योति बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन्। ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जानकारी गराएको छ। 

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 292 पटक पढिएको
  • जिपको ठक्करबाट घाइते ५ छात्रामध्ये २ को मृत्यु

    सल्यान / सल्यानमा जिपको ठक्करबाट घाइते भएका पाँच जना छात्रामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् । शुक्रबार बिहान थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले विद्यालय जाँदै गरेका पाँच जना छात्रालाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भिर घाइते भएका पाँचै जनको जिल्ला अस्पताल दाङमा उपचार भइरहेको थियो । घाइतेमध्ये रेखा र सुनिताको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिए।  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 130 पटक पढिएको
  • बेपत्ता भएको १६ दिनपछि पुरुषको शव फेला

    गुल्मी / गुल्मीमा एक युवक बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन् । मृत्यु हुनेमा मालिका गाउँपालिका –७ स्थित दीर्घ टोलका ३२ वर्षीय लोकनाथ पन्थी रहेका छन् । पन्थी गत भदौ २८ गते घरबाट बेपत्ता भएका थिए । बेपत्ता भएको १६ दिनपछि आज जङ्गलमा उनको शव फेला परेको हो ।  जिल्ला अस्पतालमा शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 224 पटक पढिएको
  • हात्तीले सुँडले च्यापेर जङ्गलभित्र लगेकी महिला मृत फेला

    बिर्तामोड / झापामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –८ की ५० वर्षीया लतुमाइ मर्डी रहेकी छिन् । बिहीबार बिहान ११ बजे भद्रपुर नगरपालिका –१० स्थित देउनियाँ नजिकै चन्द्रगढी सामुदायिक वनमा लतुमाइ र उनका श्रीमान शुकलाल मर्डी निगुरो टिप्न गएका थिए । निगुरो टिप्ने क्रममा जंगली हात्तीले लतुमाईलाई सुँडले च्यापेर चन्द्रगढी सामुदायिक बनभित्र लगेको थियो । हात्तीले लतुमाइलाई लगे पश्चात शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए। लतुमाईको खोजीका लागि खटिएको डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 2,655 पटक पढिएको
  • आफ्नै बुबाबाट बलात्कृत बालिकाले न्याय नपाएको गुनासो

    बिर्तामोड / आफ्नै बुबाबाट पटकपटक बलात्कृत भएकी मोरङको बेलबारी –११ की १४ वर्षीया बालिकाले न्याय नपाएको गुनासो गरेकी छिन् ।बालिकाले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफूले अझैपनि न्याय नपाएको गुनासो गरेकी हुन् ।उनलाई आफ्नै बुबाले पटकपटक बलात्कार गरेपछि गत भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले भदौको पहिलो सातामा ती व्यक्तिलाई पक्राउ गरेको थियो । गत भदौ ७ गते सोमबार जिल्ला अदालत मोरङमा म्याद थप गरिएको थियो । तर अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा उनलाई छोडेपछि बालिका र उनकी आमाले पत्रकार सम्मेलन गरेर न्याय नपाएको गुनासो गरेका हुन् ।बाल

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 295 पटक पढिएको
  • आगलागीमा परेको ताप्लेजुङको दोभान बजारको मुहार फेरिँदै

    फुङ्लिङ / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । जिल्लाको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 183 पटक पढिएको
  • २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन

    स्याङ्जा  / स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनकी आमा विमया सार्कीले जानकारी दिइन्।दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताएकि छन् ।“सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,” विमयाले भनिन्, “छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर ग¥यौँ तर केही मेसो आएको छैन ।”भाइको खोजीका लागि फेसबुक,

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 248 पटक पढिएको
  • निःशुल्क सेनेटरी प्याड वितरण

    काठमाडौँ / युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ । संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 79 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा