बिर्तामोड / आज ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभात फेरी र कन्काई माई धाम सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सुरुवाती कोठा नेपालको आयोजना र दर्जन भन्दा बढी संघ संस्था को सहकार्यमा उक्त कार्यक्रम गरिएको सुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासले जानकारी दिए । आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेजका विद्यार्थीहरूले बिर्तामोडको मुक्ति चोक वरिपरि गरिएको प्रभात फेरीमा भाग लिएका थिए भने कार्यक्रममा पुर्बेली नौमति बाजा, महिला समुह, चारपानेले नौमति बाजा प्रस्तुत गरेका थिए ।प्रभात फेरीमा मारवाडी महिला मञ्च लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कोठा नेपा
जाजरकोट / ठुलीभेरी नगरपालिका –९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । नगरपालिकाको २० लाख रुपैयाँ र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५० लाख रुपैयाँ गरेर कूल ७० लाख रुपैयाँ अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए । जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।
काठमाडौँ / लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र ९सहाराको घर० मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिए ।राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड –१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका
काठमाडौँ / बूढानीलकण्ठ नगरपालिका –८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार– शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहेको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।
बिर्तामोड / गत असोज ४ गते काठमाडौँको कपनमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव भेटिएको छ । विकको शव ललितपुरको बागमती गाउँपालिका –१ स्थित घुसेलमा शनिबार राती भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । उनले भनिन, –‘फोटो हेरेर परिवारले सनाखत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ ।’
काठमाडौँ / देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वर्षा हुने स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका
बिर्तामोड / सशक्त महिला अधिकारकर्मी कमला भासीनको मृत्यु भएको छ । शनिबार बिहान क्यान्सरका कारण उनको मृत्यु भएको हो ।भासीनको आज (शनिबार) विहान २ बजेर ४५ मिने जाँदा निधन भएको कमलाकी मित्र खुसी कबिरले जानकारी दिइन् । भारतको राजस्थानमा सन् १९४७ अप्रिल २४ मा जन्मिएकी भासिन सशक्त लेखक समेत थिइन् । उनले महिला अधिकारका लागि संगत भन्ने संस्था नै स्थापना गरेकी थिइन् । सामाजिक अभियन्ताहरूका अनुसार भासिनले ३५ वर्षसम्म महिला अधिकार, शिक्षा र समानताका लागि वकालत गरेकी थिइन् ।भासिनले सन् १९७२ बाट भारतको ग्रामिण भेगमा स्वयंसेवी हिसाबले काम गरेकी थिइन् । उनले खाध्य सुरक्षा तथा कृषि सस्था मा रहेरसमेत लामो स
धरान / सुनसरीमा एक व्यक्तिले छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन् । इटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका हुन्।शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरायासी वादविवाद हुँदा अधिकारीले थापालाई छातीमा छुरा प्रहार गरेका थिए । छुराको प्रहारबाट गम्भिर घाईते भएका थापाको उपचारको लागी घोपा धरानमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाकोबारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिई अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प
झापा/ झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको हो । किसानका समस्यालाई ध्यानमा राख्दै प्रारम्भमा पाँच किसानलाई क्रेडिट कार्ड वितरण गरेको एग्रोका अध्यक्ष धुव्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् । एग्रोले किसानलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ कार्ड वितरण गरेको उनले बताएका छन् । एग्रोले आज आयोजित कार्यक्रममा किसानलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी समेत दिएको छ । कार्यक्रकममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, एग्र
कर्णाली / वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गरेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.