समाज

    Showing 5,811-5,820 of 9,962 items.
  • गुडिरहेको कारमा आगलागी, एक बालक सामान्य घाइते

    उदयपुर— इलामबाट काठमाडौंतर्फ जाँदै गरेको कार उदयपुरको अधेरीमा गुडिरहेको बेला एक्कासि आगलागी भएको छ।सोमबार बिहान उदयपुरगढी गाउँपालिका–७ स्थित अधेरीमा बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगो लाग्दा सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिएका छन्।दुर्घटनामा कारमा सवार ७ वर्षीय बालक आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ।घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 580 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय समिति बैठक आज, शेरबहादुर देउवा सहभागी हुने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् । एजेन्डा टुंगो लगाउन बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्दै छ ।कांग्रेसमा महाधिवेशन र नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठेको छ ।बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । २४ भदौमा जेन–जीको आक्रमणबाट घाइते भई उपचारपछि गोप्य रहेका देउवा आज सार्वजनिक हुन लागेका हुन् ।बूढानीलकण्ठस्थित निवासमा आगजनी भएका कारण देउवा अन्यत्र बस्दै आएका छन् ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 557 पटक पढिएको
  • मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा सोमबार दुईजनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेका परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो,

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 614 पटक पढिएको
  • जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटी— डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका-३ देवल भन्ने ठाउँमा मङ्गलवार बिहान जिप दुर्घटना हुँदा स्थानीय ३५ बर्सिया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।कैलालीको सुखडबाट डोटीको देवलतर्फ सु.प.प्र.०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिपको सापट भाँच्चिई सडकमा पल्टिई दुर्घटना भएको हो ।कैलालीको घोडाघोडी नगरपालिका-८ मैनापोखरीका २७ बर्सिया सरोज विकले चलाएको जिपमा नौ जना यात्रु रहेकोमा अन्य सबै सकुशल रहेका छन् ।घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 550 पटक पढिएको
  • सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित

    मस्कट— ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित हासिल गरेको छ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो।नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले।यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्। उनले कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।यसैबीच, सोमबार नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पारेको

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 592 पटक पढिएको
  • विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

    काठमाडौं— इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अनुपस्थित भएका बेला चारजना बन्दी शव रेडक्रसले बुझाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका दर्जनौं नेताबीच शिखर वार्ता चलिरहँदा नेपाली युवक विपिन जोशीसहित चारजनाको शव हमासले फिर्ता गरेको हो ।उता २ हजार प्यालेस्टिनी कैदीहरू पनि रिहा भएका छन् । जसमा २५० जना आजीवन कारावास सजाय सुनाइएका कैदी पनि छन् ।इजरायली सेनाले (आईडीएफ) गाजाबाट चारजना मृतक बन्धकका शव रहेका कफिनहरू निकाल्न लागेको बताएको छ।आईडीएफका अनुसार ती कफिनहरूलाई तेल अभिभको अबु कबीर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइनेछ, जहाँ शवहरूको पहिचान ग

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 686 पटक पढिएको
  • काठमाडौंको न्यूनतम तापक्रम लगातार घट्दै

    काठमाडौं— काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा आज उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले  जानकारी दिएका छन्।‘यो अहिले बिहान ५ः४५ बजेको मापन हो’, ती मौसमविद्ले भने, ‘आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुन मापन हुन्छ। त्यतिबेला थोरै अझ घट्न पनि सक्छ। अथवा यत्ति नै रहन पनि सक्छ। तर यसभन्दा बढ्ने सम्भावना हुँदैन।’  ९ दिनअघि असोज २० गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 687 पटक पढिएको
  • आज देशभरको मौसम कस्तो रहला ?

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 680 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 640 पटक पढिएको
  • आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

    काठमाडौं— आज मिति २०८२ साल असोज २८ गते मंगलबार । मेषः आज मेष राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।वृषः आज वृष राशी हुनेहरुको दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षीले आलोचना गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा थप समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।मिथुनः आज मिथुन राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। हरेक काममा साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा ह

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 569 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.