समाज

    Showing 5,821-5,830 of 9,962 items.
  • भेप सुन काण्डमा पूर्वसभामुख महराविरुद्ध अदालतमा मुद्दा दर्ता

    काठमाडौं— भेप सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले उनलाई आइतबार पक्राउ गरेको थियो ।महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो । महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 661 पटक पढिएको
  • नेप्सेमा ४४ अंकको वृद्धि

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो।आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।आज सबै समूहको उपसूचक हरियो देखिएको छ। बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ।त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ५६, लघुवित्त शून्य दशमलव

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 643 पटक पढिएको
  • २५ करोडसहित टोखाबाट पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार

    काठमाडौं—  ठूला परिमाणको नगदसहित पक्राउ परेका कुसाङ लामा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका छन्। ट्रक चालक रहेका लामा गत भदौ २४ गते कारागारबाट भागेको खुलेको हो।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थायी घर भएका लामालाई टोखाबाट झण्डै २५ करोड रुपैयाँसहित पक्राउ गरिएको थियो। तर उनी 'जेन-जी आन्दोलन' को दोस्रो दिनको भीडभाडको समयमा सुन्धारास्थित केन्द्रीय कारागारबाट भाग्न सफल भएका थिए।यसअघि सोही कारागारबाट भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि फरार भएका थिए। तर, केही समयपछि रायमाझीलाई पुनः नियन्त्रणमा लिइएको थियो। कुसाङ लामा भने एक महिनाभन्दा बढी समय बि

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 801 पटक पढिएको
  • त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    काठमाडौं—  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्रबाट करिब ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ परेकाहरूमा भारतको विभिन्न स्थानका ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख, र ३२ वर्षीया जैनब वशीर रहेका छन्।प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार ती तीनै जना एयर एसियाको फ्लाइटमार्फत बैंककबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट करिब ११ किलो २७५ ग्राम गाँजा फेला परेको हो।हाल पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान र कार

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 671 पटक पढिएको
  • टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं— काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदी

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 557 पटक पढिएको
  • ट्याक्टरको ठक्करले वृद्धाको मृत्यु, चालक फरार

    उदयपुर— उदयपुरमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–२, मोथिहाईस्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।मधेश प्रदेश–०१–००१ त २५६४ नम्बरको ट्याक्टरले आइतबार दिउँसो ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।दुर्घटनापछि ट्याक्टर चालक, २४ वर्षीय धर्मेन्द्र राजधामी फरार भएका छन्। हाल उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।यस घटनासँग सम्बन्धित ट्याक्टरका धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुस

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 582 पटक पढिएको
  • दक्षिण अफ्रिकामा बस दुर्घटना हुुँदा ४० जनाको मृत्यु

    एजेन्सी—  दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको  बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् ।दुर्घटना आइतबार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार, ‘हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।’मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिए ।उक

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 696 पटक पढिएको
  • ७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल

    काठमाडौं— देशभर फैलिएको भ्रष्टाचार र अनियमितताविरुद्ध नयाँ सरकारले सुशासनको नारा दिँदै सुधारका कदम चालिरहेको बेला अख्तियारको छानबिनमा रहेका एक विवादास्पद कर्मचारीलाई पुनः पदस्थापन गर्ने तयारी सुरु भएको छ। मालपोत कार्यालय कास्कीका पूर्वप्रमुख चिरञ्जिवी पौडेललाई पुनः सोही कार्यालयमा सरुवा गर्न प्रशासनिक चलखेल चलिरहेको खुलेको छ।पौडेलमाथि मालपोत प्रमुख बन्नका लागि ७० लाख रुपैयाँ घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसअघि यही प्रकरणका कारण उनी कास्कीबाट काठमाडौं तानिएका थिए।तर अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केही अधिकारीहरूको सक्रियतामा उ

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 581 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 666 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट ८२ वर्षीय वृद्धको मृत्यु

    लमजुङ— लमजुङको बेंसीशहर नगरपालिका–११, तिवारीडाँडाका यज्ञनिधि तिवारीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। ८२ वर्षीय तिवारी आइतबार साँझतिर बाटोमा हिँड्दाहिँड्दै अरिङ्गालको झुण्डले आक्रमण गरेपछि गम्भीर घाइते भएका थिए।घटनापछि स्थानीयले उनलाई तत्काल उद्धार गरी बेंसीशहरस्थित प्रदेश अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो।उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 498 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.