समाज

    Showing 5,821-5,830 of 6,773 items.
  • व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा

    बैतडी / एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।  सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए । उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको  र अनुसन्धानका क्रममा हत्यामा  सम्लग्न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्।उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको   र  अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताएका छन् ।  महरालाई  सन्सेरीमाडौँकै एक पसल अग

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 253 पटक पढिएको
  • करेन्ट लागेर मोरङमा एकको मृत्यु

    मोरङ  / मोरङ बुढिगंगा गाऊपालिका  ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । बुधवार बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 121 पटक पढिएको
  • सर्पको टोकाइबाट दिदी–भाइको मृत्यु

    सप्तरी / सप्तरीमा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका –२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र उनका भाइ नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए । राति सुतेको अवस्थामा दुवैको मुखबाट फिँज आएको देखेपछि परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए ।  

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 150 पटक पढिएको
  • नेपाली दूतावास बेलायलतद्वारा घुम्ती सेवा सञ्चालन

    बिर्तामोड / नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर से

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 118 पटक पढिएको
  • पहिरोले घर पुरिँदा गुल्मीमा तीनको मृत्यु

    गुल्मी / गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उनीहरुलाई छिमेकी

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 130 पटक पढिएको
  • रौतहटबाट ४० किलो चाँदीसहित एक जना पक्राउ

    रौतहट //रौतहट प्रहरीले ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।  सर्लाहीको मलंगवा नगरपालिका-२२ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो। गौर बसपार्कबाट उनी पक्राउ परेका हुन्। दुई वटा झोला बोकेका सोनारलाई शंका लागि चेकजाँच गर्दा चाँदी फेला परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले जानकारी गराएका छन्। चाँदीको बजार मूल्य झन्डै ३९ लाख ४४ हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ।उनलाई  आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको  चिमरियाले  बताएका छन्।   

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 103 पटक पढिएको
  • मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

    काठमाडाैँ / मुस्ताङमा एक नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा  ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए । “एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएको सो चरा चराविद् डा. हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 130 पटक पढिएको
  • श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

    सिरहा / श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो  भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश याद

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 181 पटक पढिएको
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    सुनसरी / सुनसरीको बराहक्षेत्रकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका –११ की ६५ वर्षीया ममनी देवी खत्वे रहेकी छिन् । हिजो (सोमबार) दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई शरीरको बिभिन्न भागमा कुल्चि उनलाई घाईते बनाएको थियो । घाईते खत्वेलाई स्थानीयले घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 170 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा