काठमाडौं / सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएकाले सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहय
काठमाडौं / बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ । परिवारले पछि विवरण मिलान गर्न सकून् भनेर शव गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डीएनए नमुना संकलन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिएका हुन् । उनका अनुसार आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइनेछ । ‘मृतक
सोलुखुम्बु / आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बनेको अवस्थामा अर्को जिल्लाका बाढीपीडितको पीडामा साथ दिन गाउँपालिकाले सहयोगको निर्णय गरेको हो । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।गाउँपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिक
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फ
काठमाडौं / भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा एमालेद्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ । नेकपा एमालेले हिजो पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरुलाई जिल्लामा संयोजन गर्ने गरी कार्यविभाजन समेत गरेको थियो । सो अनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष
काठमाडौं / सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।उनले भने, ‘महाविपत् पछाडि अनिश्चितकालका लागि स्थगित सदनलाई सुचारु गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । बैठकले १८ गते, २२ गते र १७ गते कुन दिन उपयुक्त हुन्छ भनेर
काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ । प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठूलो संख्यामा प्रहरी टोली खटिएका छन् । खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १,६०२ जना, वागमती प्रदेश प्रहरी कार्यालयबाट २,१८२ जना, गण्डकी प्रदेशबाट १,३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन् । यसैगरी,
काठमाडौं / राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न सबैलाई अनुरोध गरेको छ।परिषद्ले उद्धार, राहत तथा अन्य सहयोगका क्रममा खिचिएका बालबालिकाका तस्बिर र भिडियो साझा गर्दा उनीहरूको गोपनीयता, मर्यादा र बालअधिकार प्रभावित हुन सक्ने जनाएको छ। त्यसैले कुनै पनि व्यक्ति वा संस्थाले यस्ता सामग्री सार्वजनिक नगर्न अपिल गरिएको छ।फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स लगायत सबै सामाजिक सञ्जालमा यस्ता सामग्री पोस्ट नगर्न परिषद्ले विशेष आग्रह गरेको छ।
काठमाडौं / रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो । बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ । चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ । त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइ
सुर्खेत / कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.