काठमाडौं— नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् ।यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना पनि सुरु भएको छ ।एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न चुकेको देखिन्छ ।एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वा
काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पान र निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले ऊर्जा आत्मनिर्भरता हासिल गर्न पु¥याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे ।नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस स्रोतको अधिकतम सदुपयोग गरी ऊर्जा आयातमा निर्भरता घटाउनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिए ।पर्याप्त र सस्तो ऊर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि ल
काठमाडौं— गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले अशक्त प्रेमराज अधिकारीको परिवारलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।आफ्नो जन्मदिनको अवसरमा न्यूजल्याण्ड निवासी डाक्टर अधिकारीले फरक क्षमता भएका दृष्टिविहीन प्रेमराजलाई उक्त रकम सहयोग गरेका हुन्। प्रेमराज आफैँमा एक अदृश्य रोग, रेटिनाइटिस पिग्मेन्टोसाबाट पीडित छन्। त्यस्तै उनका दुई छोराहरू १९ वर्षका आरम्भ र १४ वर्षका अध्याय ड्युचेन मस्कुलर डिस्ट्रोफी ‘डिएमडी’रोगबाट ग्रसित छन् ।उनीहरू अस्पतालको सैय्यामा नै आफ्नो जीवन व्यतित गर्न बाध्य छन्। डाक्टर अधिकारीले आफ्ना छोरा छोरी र परिवारका सदस्यको जन्मदिनमा आर्थिक सहयोग गर्दै आएका छन् ।
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने तयारीमा छन्। उनका सचिवालयले जनाएअनुसार उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्।राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अघि बढ्नेछन्। निर्वाचन आयोगले मनोनयन दर्ता माघ ६ गते तोकेको छ।राजीनामा पछि बालेन शाह भोलि पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय गरिएको छ। त्यहाँ रास्वपा मधेस प्रदेश कमिटीले विस्तारित भेला राखेको छ, जसमा प्रदेश र आठवटै जिल्ला समितिका पदाधिकारी र सभापतिहरू सहभागी हुनेछन्।सभामा बालेन शाहको प
काठमाडौं— आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ ।जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो ।राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए ।अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ९१०
काठमाडौं— मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तयारीबारे नेता गणेश पराजुलीसँग संवाद गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ?फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने गरी तयारी गरिराखेका छौं । यही बीचमा बालेन्द्र शाहजीसँग समायोजन गरेका छौं । त्यसपछि कुलमान घिसिङसँग पनि समायोजन गरेका थियौं, त्यसमा थोरै समस्या आयो । उहाँहरूका केही आफ्ना मागहरू, आकांक्षाहरू पूरा हुन नसकेको अथवा फरक सोच भएका कारण समस्या आएको
काठमाडौं— निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको व
काठमाडौं— पुस महिना सम्म नेपालका ४७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उक्त लगानी प्रतिबद्धता आएको हो । यसअघि असोज सम्म ३११ ओटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।विभागका अनुसार हालसम्म प्रत्यक्ष वैदेशिक लगानीको कुल प्रतिबद्धता ७ हजार ७१३ ओटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा
काठमाडौं— नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ।नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।टोलीकी कप्तान इन्दु वर्माले घरेलु मै
काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २९ गतेदेखि यो आईपीओको निष्कासन तथा बिक्री खुला गरेको थियो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.