काठमाडौं / राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न सबैलाई अनुरोध गरेको छ।

परिषद्ले उद्धार, राहत तथा अन्य सहयोगका क्रममा खिचिएका बालबालिकाका तस्बिर र भिडियो साझा गर्दा उनीहरूको गोपनीयता, मर्यादा र बालअधिकार प्रभावित हुन सक्ने जनाएको छ। त्यसैले कुनै पनि व्यक्ति वा संस्थाले यस्ता सामग्री सार्वजनिक नगर्न अपिल गरिएको छ।

फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स लगायत सबै सामाजिक सञ्जालमा यस्ता सामग्री पोस्ट नगर्न परिषद्ले विशेष आग्रह गरेको छ।