काठमाडौं / समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यका लागि ६३ लाख ३७ हजार ३ सय ७८ रुपैयाँ सहयोग गरेका छन् ।समानान्तर निर्माण सेवा प्रालिका तर्फबाट ५१ लाख ५१ हजार ५ सय १५ रुपैयाँ तथा समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८ सय ६३ रुपैयाँ संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । कम्पनीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रमार्फत
काठमाडौं / नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १० र १० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए । ओलीले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भ
नयाँदिल्ली / भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्।उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री सिंहले दूतावास पुगेर विपद्मा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरे। उनले दूतावासको शोक पुस्तिकामा समेत सन्देश लेख्दै भारत र नेपाल निकट मित्र तथा साझेदार रहेको र सुख–दुःखमा एकअर्काको साथमा रहने बताएका छन्।‘निकट मित्र र साझेदार तथा सुख–दुःखका साथीका रूपमा भारत सधैँ नेपालसँग उभिएको छ। यस कठिन समयमा पनि हामी नेपा
काठमाडौं / परराष्ट्र मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म ९०३ जनाको शव फेला परेको र करिब चार हजार २०० जना अझै बेपत्ता रहेको जनाएको छ ।मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रभावित क्षेत्रबाट ३२३ भन्दा बढी विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् । सरकारले जीवन रक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेको प्रवक्ता क्
काठमाडौं / नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका छन् ।संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त सक्रिय रहेको देखिए पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था फरक रहेको बताएका हुन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रभावित क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै राईले स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी तथा विपद् प्रभावित परिवारसँगको सम्पर्कबाट राहतको वास्तविक आवश्यकता र वितरण अवस्थाबारे ज
काठमाडौं / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पुर्याएको थियो। क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरो
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न उद्धार टोलीहरु सक्रिय छन् । प्राविधिक टोलीका एसआई विकल्प परियार नेतृत्वको खटिएको टोलीले खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ ।बाढी प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरी प्रभावित नागरिकको खोज, उद्धार तथा शव व्यवस्थापनका काम गरि रहेको हो । सशस्त्र प्रहरीको टोलीले बाढीबाट अहिले शव व्यवस्थापन कार्यलाई प्राथमिकता राखेर काम ग
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि अत्यावश्यक अवस्थामा मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ ।सोमबार जारी गरेको सूचनाअनुसार प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना र नेपाली तीन हजार ३४४ जनाको हवाई उद्धार भइसकेको जनाएको छ । तर न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टरमार्फत उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले यस्तो अवस्थामा सीमित हवाई स्रोतको दुरुपयोग हुन नदिन आग्रह गरेको हो ।प्राधिकरणले आपतकालीन अवस्थामा
काठमाडौं / नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ । बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गराउन सरकारसँगै मिलेर रेडक्रसले काम गरिरहेको सोसाइटीका अध्यक्ष डा।विशालकुमार भण्डारीले जानकारी दिएका छन् । सरकारले छुट्टाएको क्लस्टर अनुसार नै क्लस्टर विभाजन गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पुर्याइरहेको पनि उनले जानकारी दिए ।सोमबार मात्र सोसाइटीले नेपाल आर्मीको हेलिकप्टरमार्फत अत्यावश्यक औषधिलगायत लिस्टमा भएका सामग्रीहरु रसु
काठमाडौं / रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।अस्पतालका अनुसार ल्याइएका शवमध्ये ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने बाँकी शवको प्रक्रिया जारी रहेको छ। फरेन्सिक ल्याब प्रमुख डा। गोपाल चौधरीका अनुसार हाल ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको छ। बाढीमा ज्यान गुमाएकाको पहिचान र शव व्यवस्थापनको काम सम्बन्धित निकायको समन्वयमा अघि बढिरहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.