काठमाडौं / रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।

अस्पतालका अनुसार ल्याइएका शवमध्ये ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने बाँकी शवको प्रक्रिया जारी रहेको छ। फरेन्सिक ल्याब प्रमुख डा। गोपाल चौधरीका अनुसार हाल ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको छ।

बाढीमा ज्यान गुमाएकाको पहिचान र शव व्यवस्थापनको काम सम्बन्धित निकायको समन्वयमा अघि बढिरहेको छ।