समाज

    Showing 9,401-9,410 of 11,082 items.
  • मकवानपुरमा बस दुर्घटना १६ जना घाइते

    काठमाडौं— पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। बस चालक बाराको कोल्बी नगरपालिका—११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 325 पटक पढिएको
  • आज भक्तपुर जाने होइन सिन्दुरे जात्रा हेर्न ? सुजनले तेस्रो पटक जिब्रो छेड्दै

    काठमाडौं— भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा आज विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ।सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ।तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खट मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाउन लागिएको हो। मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछन्।काया बाजा, भुस्याबाजा,

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 235 पटक पढिएको
  • सर्पको टोकाईबाट बालकको मृत्यु

     काठमाडौं— कैलालीमा सर्पदंशबाट  घाइते  एक बालकको मृत्यु भएको छ। सोमबार टिकापुर नगरपालिका— १ एकतानगरका निरज बिकका छोरा पाँच वर्षीय लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।आँगनमा खेलिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहरालेबताए । उनको शव अहिले परीक्षणका लागि अस्पतालमै राखिएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 410 पटक पढिएको
  • टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

    काठमाडौं— कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ । उनीसँगै उनकी दिदी

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 279 पटक पढिएको
  • शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं—  जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।उनीहरु चार जना शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली लागेर गब्दहवाकै २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भएको कपिलवस्तुका एसपी निरन्जदत्त भट्टले बताए ।३० चैतको दिउँसो उनीहरु शिकार खेल्न बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए । य

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 419 पटक पढिएको
  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते

    काठमाडौं— पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका मकवानपुर प्रहरीले जानकारी दिएको छ ।मनहरी ५ वसन्तपुरस्थित राप्तीखोलाको किनारमा आफन्तको घर मनहरी ५ डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।चट्याङ लागेर थिङ तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले भने घाइते भएका

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 313 पटक पढिएको
  • काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र  आइतबार बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।मिस्टिक माउण्टेन होटलमा बालुवा अनलोड गर्न टिपर पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बालुवा अनलोड गर्दा  डिलबाट सात मिटर तल टिपर खस्दा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयल जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 364 पटक पढिएको
  • अवैध पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं— रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र विभिन्न किसिमका लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत  नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्। गएराति साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट गएको गस्ती टोलीले  भारतीय नागरिक किशन कुमार लाई पक्र

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 233 पटक पढिएको
  • पेप्सीकोलाबाट ६० लाख लुटपाट भएको आरोपमा १३ जना पक्राउ

    काठमाडौं—  काठमाडौंको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् ।लुटपाटमा संलग्न आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । लुटिएको ३० लाख रुपैयाँ रिकभर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको  छन् । लुटिएका व्यक्ति पनि अहिले प्रहरीको सम्पर्कबाट बाहिर रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृत भन्छन्– ‘बुधवार साँझ ८ बजेतिर लुटिएको रहेछ, संलग्नहरूबारे अनुसन्धान हुँदैछ ।’ प्रहरीले पीडितको पहिचान सार्वजनिक गरेको छैन ।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 216 पटक पढिएको
  • बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु

     काठमाडौं— मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ। गएराति रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका—९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर सल्यानको त्रिवेणी गाउँपालिका—६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए। गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक प्रहरी नियन्त्रणम

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 512 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.