समाज

    Showing 9,411-9,420 of 10,071 items.
  • बुद्धशान्तिमा करेन्ट लागेर एक महिलाको मृत्य

    बिर्तामोड / झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बुद्धशान्ति गाऊपालिका –३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटा रहेकी छिन् । आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः असार १, २०७८
    • 357 पटक पढिएको
  • बेलवारीको बाख्रा खरिद सम्झौता बदर

    बेलबारी / मोरङको बेलबारी नगरपालिकाले विवादित बोयर बाख्रा खरिद सम्झौता रद्ध गरेको छ । नगर कार्यपालिकाको बैठकले ग्रो अर्गानिक कृषि प्रालि संखुवासभा बिच भएको बोयर बाख्रा खरिद सम्झौता रद्ध गरेको हो ।नगरपालिकासँग गत जेठ ३ गते भएको सम्झौता अनुसार अष्ट्रेलियाबाट ल्याएको भन्दै नेपालबाटै ल्याएको बाख्रा दिएको प्रमाणित भएकाले वैठकले सो कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरि जमानत रमक समेत जफत गर्ने निर्णय गरेको छ । नगरपालीकाको वैठकले ठगीमा संलग्न सो कम्पनीलाई  कालो सुचीमा राखी कारवाही गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्ण समेत गरेको छ ।वैठकले सो विषयमा छानविन गर्न नगर कार्यापालिका

    • प्रकाशित मितिः असार १, २०७८
    • 320 पटक पढिएको
  • ज्ञानेन्द्र शाहीको अर्को रुप : बाउन्स चेक दिँदै ब्यापारी ठग्दै

    बिर्तामोड / भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका चरित्र पनि दुई थरी रुप हुन्छन–वास्तविक र लुकेको ।समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पुरानो ऋण नतिरेको आरोप छ । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालत

    • प्रकाशित मितिः असार १, २०७८
    • 749 पटक पढिएको
  • दुई आयोजनको विवादले सिँचाइ आयोजना अलपत्र

    खोटाङ / खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालन हुन लागेको जलविद्युत् आयोजना र सिँचाइ योजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको छ।दूधकोशी पावर कम्पनी प्रालिको प्रवर्द्धनमा सञ्चालन हुने ६.५ मेगावाटको रावाखोला जलविद्युत् आयोजना र वडा नं ६ हौँचुरस्थित हौँचुर गरा सिँचाइ आयोजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको हो।हौँचुरबेँसीका करिब १०१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने सिँचाइ आयोजनाका लागि बोलपत्र आह्वानको म्याद दोस्रोपल्ट थप गर्दासमेत विवाद हल हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए।सिँचाइ आयोजनाको बोलपत्र (ठेक्का) आह्वान

    • प्रकाशित मितिः असार १, २०७८
    • 134 पटक पढिएको
  • झापामा एकल महिलालाई कांग्रेसले बनाइदियो घर

    झापा / झापामा एकल महिलालाई कांग्रेसले घर बनाइदिएको छ । सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको हो ।घर निर्माणमा रु १४ लाख खर्च भएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् । एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गरेकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुम

    • प्रकाशित मितिः असार १, २०७८
    • 136 पटक पढिएको
  • मदिरा सेवन : ३ भारतीय सहित ८ जनाको मृत्यु

    मलंगवा / विषाक्त मदिरा सेवनका कारण सर्लाहीको ब्रहमपुरी गाउँपालिकाको पडरिया क्षेत्रमा तीन भारतीय सहित आठ जनाको मृत्यु भएको छ।मदिरा सेवनका कारण एक साता यता  उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष विनोद साहले जानकारी गराएका छन् । उनका अनुशार मृत्यु हुनेमा२४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझी रहेका छन्।त्यसैगरी चन्दन इट्टा उद्योग र नेपाल कट्टा इट्टा उद्योगमा कार्यरत भारतको प्रदेशका दाताराम निसाद, सर्वेस राम निसाद, र शिवसागर निसादको पनि विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको अध्यक्ष शाहले जानकारी गराएका छन् ।गत जेठ

    • प्रकाशित मितिः असार १, २०७८
    • 114 पटक पढिएको
  • मेलम्ची खानेपानीको दोस्रो चरणको निर्माण अघि बढाइँदै

    काठमाडौँ / राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माणसमेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। आयोजना अन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ । सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का ल

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 114 पटक पढिएको
  • उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

    ओखलढुङ्गा /ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका – ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिए ।कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 121 पटक पढिएको
  • स्याउ तस्करी : ३ प्रहरी निलम्वन , ४६ छानविनको दायरामा

    बिराटनगर  / सुनसरीको सिमाक्षेत्रबाट अवैध रुपमा गएको स्याउ भारतमा बरामद भएपछि यो घटनामा संलग्न रहेको अभियोगमा तिन प्रहरीलाई निलम्वन गरी जनपथ प्रहरी शसस्त्र प्रहरीको प्रधान कार्यालयको निर्देशनमा प्रदेश कार्यालयले छानविन थालेका छन् ।नेपालबाट अवैध रुपमा तस्करी भई गएको चाइनिज स्याउ भारतको वीरपुरमा बरामद भएपछि तस्करीमा संलग्न भएको आशंकामा प्रधानकार्यालयको निर्देशनमा जनपथ र शसस्त्र प्रहरीका एक नम्वर प्रदेश कार्यालयले छानविन समिति बनाएका हुन् ।सुनसरीको कोसी, श्रीपुर र भाण्टाबारी क्षेत्रबाट मिलेमतोमा लामो समय देखि झापाका व्यवसायीको कपडा र चाइनिज स्याउको अवैधरुपमा कारोवार हुदै आएको थियो । अवैध रुपम

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 419 पटक पढिएको
  • बेलबारी नगरपालिकामा बोका सहित प्रर्दशन (भिडियोसहित)

    बेलबारी / मोरङको बेलबारी नगरपालिकाको बोका वितरणमा भ्रष्टचार भएको भन्दै स्थानियले नगरपालिकाको गेटमा बोका सहित प्रर्दशन गरेका छन् ।दुई साताअघि नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको भन्दै  बोयर जातको बाख्रा बितरण गरेको थियो । स्थानियलाई नवलपरासीबाट बाख्रा ल्याएर अष्ट्रेलियन बोयर भन्दै वितरण गरेको खुलेपछि स्थानियले यो विषयमा छानविन र कारवाहीको माग गर्दै आएका छन् ।किसानको आँखामा छारो हालेर भ्रष्टाचार गरेको भन्दै स्थानियले बोकासहित प्रर्दशन गरेका हुन । भ्रष्टाचारको विरोधमा आन्दोलन गर्दै आएका स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  इटहरी स्थित कार्यलयमा समेत यो विषयमा उजुरी गरेर कार

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 969 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.