समाज

    Showing 9,421-9,430 of 11,082 items.
  • चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं— डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्।उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। 

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 269 पटक पढिएको
  • पानी परेपछि काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्यो

     काठमाडौं— पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ । बुधबारसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं बिहीबार बिहान १० नम्बरमा झरेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक अहिले १५२ छ । 

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 297 पटक पढिएको
  • रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

    काठमाडौं— काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ ।प्रदेश ३०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो ।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 312 पटक पढिएको
  • तीनकुने घटना प्रकरणः थप २ जना पक्राउ

    काठमाडौं— तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका—५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका—४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 299 पटक पढिएको
  • अछाममा भीषण आगलागी हुँदा १० पसल जले

    काठमाडौं— अछामको बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा भीषण आगलागी भएको छ । साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन अझै समस्या भइरहेको प्रहरीले जनाएको छ ।मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास भइरहेको छ।  नौ घर जलेर नष्ट भएको छ भने

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 327 पटक पढिएको
  • अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुईजना बेपत्ता

    काठमाडौं— म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार (आज) बिहानदेखि हराइरहेको सेभेट समिट टेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए ।आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए। पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 357 पटक पढिएको
  • निलगाईको आक्रमणबाट महिलाको मृत्यु

    काठमाडौं— चितवनमा निलगाईको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिलाको मृत्यु भएको हो। निलगाईको आक्रमणबाट भरतपुर–२४ बस्ने ६५ वर्षीय लक्ष्मी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन्। निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिने कोखामा चोट लागेको थियो।निलगाईको आक्रमणबाट घाइते भएकी नेपालीको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 440 पटक पढिएको
  • मासु अड्किएर एक जनाको मृत्यु

    काठमाडौं— अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । अछामको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।चैतेदशैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका थिए । उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो ।उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए ।उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उनले जानकारी द

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 444 पटक पढिएको
  • वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न काठमाडौं महानगरको अनुरोध

    काठमाडौं— काठमाडौं महानगरपालिकाले  वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ । महानगरले एक सूचना जारी गर्दै भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 395 पटक पढिएको
  • रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

    तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउँछिन् । त्यसबाट उनी दैनिक करिब रु एक हजार ७०० कमाउँछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छन् ।कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्थिन् । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनी बताउँछिन् । सहकारीको जागिर छाडेर

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 480 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.